यो दसैंको फूलपातीदेखि हलमा भित्रिएको नेपाली फिल्म ‘छक्कापञ्जा २’ ले एकसातामै पाँचकरोड कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ । फुलपातीको दिन पहिलो दिनमै फिल्मले १ करोड ६३ लाख रुपैयाँका कमाइ गरी एक दिनको सर्वाधिक कमाइमा कीर्तिमान कायम गरेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले वितरकको हवाला दिँदै कुनै पनि नेपाली फिल्मले यसअघि यति कमाइ नगरेको दाबी गरिन्।