मेलम्चीकाे पानी आजदेखि काठमाण्डौवासीको घरघरमा

काठमाण्डाै - मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकावासीको घरघरमा आइपुग्ने भएको छ । आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ । विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुर्याउने लक्ष्य राखिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन ...

सम्बन्धित सामग्री

मेलम्चीको पानी आजदेखि काठमाडौँको घरघरमा वितरण गरिँदै

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो।...

उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण गरिदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आज (शुक्रबार) देखि पुनः वितरण गरिने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै हुनुहुन्छ । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ […]

मेलम्चीको पानी आजदेखि उपत्यकावासीको घरघरमा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा  यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो ।  गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले राससलाई जानकारी दिए । यही मङ्सिर १९ गतेदे

मेलम्चीको पानी फेरि काठमाडौंका घरघरमा (तस्बिरहरू)

काठमाडौं । मेलम्ची खानेपानी आजदेखि पुनः काठमाडौंका घरघरमा वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान काठमाडौंमा मेलम्चीबाट आएको पानीको धारा खोलेर वितरणकार्यको शुभारम्भ गरे । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आजदेखि दैनिक पाँच करोड लिटर पानी काठमाडौंका धारामा पठाइने जानकारी दिए । ‘‘पानी केयूकेएलले...

आजदेखि मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा

काठमाडौं, ११ बैशाख । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी पुनः वितरण शुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १० महिनापछि मीनभवन पानीटुयांकीबाट पानी वितरण सुरु गरेको हो । खानेपानी लिमिटेडले पुरानै पाइपबाट पानी वितरण गरेको जनाएको छ । धेरै स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी रहेको छ । अहिले सुरुमा ५ करोड लिटर पानी […]

मेलम्चीको पानी आजदेखि फेरि काठमाडौँका घरघरमा पठाइने

काठमाडौँ । मेलम्चीबाट ल्याइएको पानी आज (आइतबार) देखि फेरि काठमाडौँका घरघरमा पठाइने भएको छ । गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो । क्षति भएका संरचना निर्माण गरेर काठमाडौँ ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला […]

काठमाडौं र ललितपुरका यी क्षेत्रका घरघरमा आजदेखि मेलम्चीको पानी छाडिने

तर ललितपुर खुमलटारमा भने नयाँ ट्यांकी प्रयोग गरिने उनले बताए। ‘अनामनगर, मिनभवन, महाँकालचौर, महाराजगञ्ज, बाँसवारी, बालाजुलगायत ठाउँका पुरानै ट्यांकीमार्फत् पानी वितरण गरिन्छ,’ उनले भने।

आजदेखि घर–घरमा मेलम्ची

लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुनेछ ।” उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्छ ।” गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

काठमाडौं उपत्यकाका घरघरमा आजदेखि मेलम्चीको पिउन योग्य पानी

काठमाडौं : वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको धारामा आउने भएको छ।  मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा पुग्ने भएको हो। आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ।आयोजनाले  एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्