अमेरिका र तालिबान दुवैको टाउको दुखाइ आईएसकेपीः छानीछानी सिध्याउने नीतिमा सफल होलान् बाइडन ?

गत बिहीवार अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनले गराएको आत्मघाती आक्रमणमा परी १३ जना अमेरिकी सैनिकको ज्यान गएको छ । उक्त घटनामा १७० जना अफगान नागरिकको पनि मृत्यु भएको छ । त्यसको प्रतिशोधका लागि अमेरिकाले शुक्रवार राति अफगानिस्तानको पूर्वमा रहेको नानगारहार प्रान्तमा ड्रोन आक्रमण गरी घटनाको योजना बनाउने मानिसको हत्या गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले नागरिक हताहती नभइकनै आतंककारी योजनाकार मारिएको जनाएको छ ।  अमे...