सहर होस् या गाउँ, पहाड होस् या तराई, जतततै पानीको हाहाकार छ । एक गाग्री पानी ल्याउन घण्टौं हिँडेर टाढा–टाढा जानुपर्ने र पानीका लागि घण्टौं लाइन बस्नुपर्ने हाम्रो बाध्यता छ । स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हक हो, तर ती मौलिक हक सुनिश्चित छैनन् । पानीको संकटमा कष्टकर जीवन बिताइरहनुपरेको छ । पानीको संकटकै कारण बसाइँसराइले गर्दा कैयौं बस्ती खाली भइसके ।