सुदूरपश्चिम र कर्णाली प्रदेश अब छोटो दूरीको सडक सञ्जालमा जोडिने भएको छ । कैलालीको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणकार्य सुरु भएसँगै सुदूरपश्चिम र कर्णाली प्रदेश छोटो दूरीको सडक सञ्जालमा जोडिने भएको हो ।
दशकौंदेखि साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको परम्परागत चिसापानी–कुइने–सुर्खेत बाटो सडक सञ्जालसँग जोडिने भएको हो ।