काठमाण्डाै – गएकाे पाँच दिनदेखि फोहर नउठ्दा काठमाण्डौ उपत्यका दुर्गन्धित बन्दै गएको छ । अहिले उपत्यकाका चोक–चोकमा फोहोरका थुप्रा थुप्रिएका छन् । फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालाेपत्र (पिच) गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न नसकेको हो ।
स्थानीयवासी, काठमाण्डौ महानगरपालिका र सडक विभागबीच छलफल भए पनि सहमति हुन सकेको छैन । सिसडोलवासीले बाटो पिच नभइ फोहर फाल्न नदिने अडान राखेका छन् । काठमाण्डौ महानगरपालिकाले भने समस्य...