हिन्डनबर्गको रिपोर्टमा अदानी मुछिएपछि एलआईसीलाई १६६ अर्ब घाटा, अदानी सातौ स्थानमा झरे

काठमाडौं ।अमेरिकी लगानी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चको रिपोर्टमा भारतीय अर्बपति व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी ग्रूपको नाम मुछिएपछि समूहका कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । एकै दिनमा अदानी समूहको बजार पुँजीकरणमा ३३ खर्ब ७० अर्ब रुपया बराबर गुमेको छ । अदानी समूहको शेयरमा आएको कमीले भारतीय शेयर बजारलाई अस्थीर बनाएको छ । अन्य कम्पनी पनि मारमा परेका छन् ।  हिन्डनबर्गको रिपोर्टपछि भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)लाई ठूलो धक्का लागेको छ । शुक्रवार एलआईसीले १ खर्ब ६६ अर्ब २७ करोड रुपया बराबरको बजार पूँजीकरण गुमाएको छ । अदानी समूहको लगानी भएका सबैभन्दा ठूला ५ कम्पनी मध्ये एलआईसी सबैभन्दा ठूलो घरेलु (नन प्रमोटर) लगानीकर्ता हो । दुई दिनमा मात्रै अदानी समूहका कम्पनीहरूमा एलआईसीको लगानीको मूल्य २२ प्रतिशतले घटेको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको छ । यो कमीको प्रभावले शुक्रवार एलआईसीको शेयर ३ दशमलव ५ प्रतिशतले घटेको छ । दुई दिनको कारोबारमा ५ दशमलव २ प्रतिशतले कमी आएको थियो ।  इकोनोमिक टाइम्समा प्रकाशित समाचारका अनुसार हिन्डनबर्गले आफ्नो १०६ पृष्ठको रिपोर्टमा अदानीलाई कर्पोरेट जगतमा सबैभन्दा ठूलो ठगी भएको आरोप लगाएको छ । अदानी समूहको सबैभन्दा ठूलो कम्पनी अदानी इन्टरप्राइजेजको एफपीओ शुरु हुनै लागेको समयमा यो आरोप बाहिरिएकोले पनि कम्पनीको शेयरमा असर देखिएको हो । शुक्रवार एफपीओ जारी भएको पहिलो दिन यसको १ प्रतिशत मात्रै विक्री भएको छ । प्रतिवेदनमा मरिसस र क्यारेबियन टापुहरू जस्ता विदेशमा रहेका ट्याक्स हेभनमा रहेका कम्पनीमा अदानी समूहको स्वामित्वमाथि प्रश्न उठाइएको छ । अदानीको कम्पनीहरुमाथि कर्जा निकै धेरै भएको अनि वित्तीय रुपमा निकै जोखिमयुक्त अवस्थामा रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।  बिहीवार अदानी समूहले भारत र अमेरिकामा हिन्डनबर्ग रिसर्चविरुद्ध ‘सुधारात्मक र दण्डात्मक’ कारबाही गर्ने विचार गरिरहेको खबर बाहिरिएको थियो । अदानीले भने आफू जहिले पनि कानुनको पालना गर्दै आएको दाबी गरिरहेका छन् ।  प्रतिवेदनको असरले भारतीय शेयर बजारमा निकै अस्थीरता उत्पन्न गरेको छ । हिडनबर्गले आफ्नो लाभका लागि प्रमाणित नै नभएका तथ्यहरु प्रस्तुत गरेको दाबी अडानी समूहको छ । हिन्डनबर्ग सर्ट सेलिंग विशेषज्ञ भएको अनि उसले शेयर मूल्य घट्ने अपेक्षा गरिएका कम्पनीहरूको शेयरमा बाजी लगाउँने दाबी अदानी समूहका कानूनी सल्लाहकारको छ । हिडनबर्गले अदानी समूहमा शर्ट पोजिशन राखेको बताएको थियो ।  अडानी समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । यसले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, बिजुली र नवीकरणीय ऊर्जालगायत धेरै क्षेत्रमा हात हालेको छ । दुई दिनमा ३६ खर्ब रुपया गुमाएपछि विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा अदानीको वरियता खस्किएको छ । अमेरिकी आर्थिक पत्रिका फोब्र्स रियल टाइम बिलेयनियर्स इन्डेक्समा अडानी सातौं धनी व्यक्तिमा समेटिएका छन् । प्रतिवेदन सार्वजनिक हुनु अघि उनी वरियताको तेस्रो स्थानमा थिए । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

पेट्रोलको मूल्य बढाउँदा पनि आयल निगमलाई ६ महिनामा सवा १९ अर्ब घाटा

काठमाडौं, माघ ६ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा १९ अर्ब घाटा बेहोरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि निरन्तर नाफामा गएको निगम गत आर्थिक वर्षदेखि घाटामा जान थालेको थियो। गत आवमा २ अर्ब ५७ […]

छ महिनामा निगमलाई १९ अर्ब घाटा

काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उनले बताए । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा रु दुई अर्ब २४ करोड नोक्सानी रहेको […]

दशैँमा पेट्रोलको अभाव नहुँने, मासिक दुई अर्ब घाटा व्यहोर्दै निगम

काठमाडौं, असोज २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला राख्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी र्दिए । दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले निर्देशन गरेको […]

आयल निगमलाई मासिक ३ अर्ब घाटा

काठमाडौँ । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्य सूची पठाइसकेको […]

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, निगमलाई मासिक ३ अर्ब घाटा

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओस

ढिला भए वार्षिक सात अर्ब घाटा हुने

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको समय लम्बिने देखिएको छ । सुरुमा आर्थिक वर्ष २०६८/०६९ बाट सुरु भई २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा २०७९/०८० मा सम्पन्न गर्ने संशोधित लक्ष्य लिइएको छ । तर हालसम्म भइरहेको कामको प्रगतिअनुसार संशोधित समयमा पनि आयोजना सम्पन्न नभई समय लम्बिने सम्भावना देखिएको हो । गत आर्थिक वर्ष २०७७/०७८ […]

नेपाली पर्यटन : मासिक १० अर्ब घाटा

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको नेपालमा औसत बसाइ प्रतिव्यक्ति बढीमा १३ दिनसम्म रहेको देखिन्छ । तर, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको औसत प्रतिव्यक्ति प्रतिदिन खर्चगराइ भने साह्रै कम छ । सबैभन्दा धेरै सन् २०१५ मा प्रतिव्यक्ति प्रतिदिन ७० अमेरिकी डलर हाराहारी खर्च गरेको तथ्यांक छ । अन्यथा प्रतिव्यक्ति, प्रतिदिन ३९ अमेरिकी डलर, ४१ अमेरिकी डलर, […]

टाटा मोटर्सलाई चार महिनामा ७० अर्ब घाटा

एजेन्सी। भारतीय अटोमोबाइल्स कम्पनी टाटा मोटर्सले चार महिनामा घाटामा रहेको रिपोर्ट सार्वजनिक गरेको छ। जनवरीदेखि मार्चसम्मको अवधिमा सात हजार ६०५ करोड भारतीय रुपैयाँ घाटामा रहेको देखाएको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले ९ हजार ८९४ करोड रुपैयाँ नोक्सान ब्यहोरेको थियो।

आयल निगमलाई १५ दिनमा एक अर्ब घाटा

काठमाडौं। नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा हरेक १५ दिनमा एक अर्ब रुपैयाँ घाटा हुने भएको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमले १५ दिनमा एक अर्ब घाटा ब्यहोर्ने भएको हो। सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८.८६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ रुपैयाँ र प्रतिसिलिन्डर एलपी ग्याँसमा ३७५.१३ रुपैयाँ घाटा हुनेछ। यसपटक पेट्रोलियम पदार्थको मूल्य नबढ्ने भएको छ।