बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न नसकेको नेकपा एमालेले आरोप लगाएको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय मर्यादा विपरीत संसदीय पद धारण गरेका व्यक्तिहरूमाथि केन्द्रीत भएर मुख्यमन्त्री पाण्डे गाली गलौजमा उत्रिएको आरोप लगाएका हुन् ।गत मंगलबार बागमती प्रदेशसभाको चौथो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका न