शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिए । विगत चार दिनदेखि वैदेशिक अध्ययन अनुमतिपत्र नपाएपछि नाराबाजी गरेका हुन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै आक्रोशित विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रिय …