तथ्यांकको विश्वसनीयता

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक विवरणले कात्तिक महीनामा उपभोक्ता मूल्य वृद्धिदर (महँगी) २६ महीनायताकै तल्लो विन्दुमा झरेको देखाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ६ दशमलव ५ प्रतिशतभित्र मुद्रास्फीति सीमित राख्ने उद्देश्य लिएको थियो । तर, कात्तिकमा ५ दशमलव ३८ प्रतिशतमा झरेको छ । यसलाई राष्ट्र बैंकले आफ्नो सफलता मानिरहँदा सर्वसाधारण भने यो तथ्यांकप्रति नै विश्वस्त हुन सकिरहेका छैनन् । बजारमा तरकारी र खानेतेल लगाएत केही वस्तु बाहेक सबैको मूल्य निकै बढेको छ ।  राष्ट्र बैंकका अनुसार पेट्रोेलियम पदार्थ, तरकारी र सवारीसाधनको मूल्यका साथै ढुवानी भाडासमेत घटेकाले मूल्य वृद्धि न्यून विन्दुमा ओर्लेको हो । त्यस्तै भारतमा समेत महँगी घटेकाले त्यसको असर परेको हो । तर, महँगी बढेको भन्दै बजारमा माग कम छ । माग घटेकै कारण आयात पनि घटेको छ र उद्योगहरूले आफ्नो उत्पादन पनि घटाएका छन् । त्यसो त धेरैको आय गुमेकाले पनि यसो भएको हो । तैपनि राष्ट्र बैंकले महँगी घटेको तथ्यांक सार्वजनिक गर्दा तथ्यांक संकलनमा नै कुनै त्रुटि भएको हो कि भन्ने आशंका सर्वसाधारणलाई छ । महँगी वृद्धि कम हुनु तर जनताले बढी महँगी भएको अनुभव गर्नुका बीचमा केही न केही कारण पक्कै छ । त्यससम्बन्धमा राष्ट्र बैंकको ध्यान जानु आवश्यक छ ।  संकटमा रहेको अर्थतन्त्रलाई गति दिन सरकारले विशेष नीति लिनुपर्छ । सरकारले यो तथ्यलाई मनन गरेर काम गर्नुभन्दा अर्थतन्त्र सही दिशामा छ भनेर प्रमाणित गर्न लागेको छ जुन अर्थतन्त्रका लागि प्रत्युत्पादक ठहरिन सक्छ ।  महँगीको मात्र होइन, राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्र सही गतिमा अघि बढिरहेको देखाएको छ । कात्तिकमा अर्थतन्त्रका सूचकहरूमा उल्लेख्य सुधार आएको उसले देखाएको छ । शोधनान्तर स्थिति बचतमा रहनु, विप्रेषण आय बढ्नु र विदेशी विनिमय सञ्चिति बढ्नुजस्ता सकारात्मक सूचकहरू देखिएका छन् । विदेशी विनिमय सञ्चिति घटेर राष्ट्र बैंकले आयातमा कडाइ गर्नुपर्ने अवस्थाबाट विदेशी मुद्रा फालाफालको अवस्थामा आइपुग्नु भनेको सकारात्मक अवस्था हो । यसमा कुनै विवाद छैन । तर, बाह्य क्षेत्रमा देखिएको यो सुधारसँगै आन्तरिक अर्थतन्त्र किन लयमा आउन सकेको छैन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा सुधार आएको, घरजग्गा कारोबार केही बढेको, पूँजीगत खर्च बढेको, राजस्व बढेको लगायतका तथ्यांकबाट अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । यी तथ्यांक पनि सही नै हुन् तर यति सानो सुधारलाई ठूलै उपलब्धि मान्नुचाहिँ अनौठो छ ।  मुलुकमा कति रोजगारी सृजना भयो ? कति नयाँ उद्योग स्थापना भए ? औद्योगिक उत्पादन कति प्रतिशतले बढ्यो ? कृषि उत्पादन कति बढ्यो ? सरकारले के कति नयाँ पूर्वाधार बनायो ? सरकारले प्रवाह गरेको सेवाबाट केकति जनता लाभान्वित भए ? यी प्रश्नको उत्तर सरकारसँग देखिँदैन । अझ सरकारले दाबी गरेका सुधारका कुरामा पनि सरकारको कुनचाहिँ नीतिका कारण त्यो परिणाम आयो भनेर दाबी गर्न सक्ने गरी सरकारले काम गरेको देखिँदैन । यस्तोमा तथ्यांकले अर्थतन्त्रमा सुधार भएको देखाए जस्तो उद्योगी व्यवसायी र सर्वसाधारणले समेत सुधारको अनुभूति गर्न सक्नुपर्छ । तर, त्यसो हुन सकेको छैन ।  हो, अहिले देखिएको केही सकारात्मक सुधारमा नेपाल राष्ट्र बैंकको नीतिले केही काम गरेको छ । बाह्य पक्ष बलियो हुनु अर्थतन्त्रका लागि निकै राम्रो हो । पैसा जम्मा गर्नु मात्रै उपलब्धि होइन, त्यसलाई विकास निर्माणमा खर्च गर्न सक्नु चाहिँ वास्तविक उपलब्धि हो । त्यसरी हेर्दा भने सरकार पूरा असफल देखिन्छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारी नीति निकै सहयोगी हुन्छ । खासगरी संकटमा रहेको अर्थतन्त्रलाई गति दिन सरकारले विशेष नीति लिनुपर्छ । सरकारले यो तथ्यलाई मनन गरेर काम गर्नुभन्दा अर्थतन्त्र सही दिशामा छ भनेर प्रमाणित गर्न लागेको छ जुन अर्थतन्त्रका लागि प्रत्युत्पादक ठहरिन सक्छ । 

सम्बन्धित सामग्री

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताए। उनले कोरोनापछि बीमा […]

पत्रकारितामा विश्वसनीयता कायम राखौँ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको भन्दै पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने बताएका छन्। डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा...

विश्वसनीयता नजोगाउने हो भने पत्रकारिता थप जोखिममा जाने प्राध्यापक खरेलको टिप्पणी

काठमाडौं : पत्रकार, मिडिया समीक्षक तथा प्राध्यापक परशुराम (पी) खरेलले नेपाली संचार माध्यम काठमाडौं उपत्यका केन्द्रित भएको टिप्पणी गरेका छन्। दी राइजिङ नेपालका सम्पादक समेत रहिसकेका खरेल पत्रकारिता तथा आम संचार विषयको पहिलो प्राध्यापक हुन्। खरेलले मुलधारका मिडियाले विश्वसनीयता र निष्पक्षतालाई कायम नराख्ने हो भने सोसल मिडियाले अझै प्रभाव बढाउने…

बिमाप्रतिको विश्वसनीयता बढाउने काम गर्न निर्देशन

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाप्रतिको विश्वसनीयता बढाउने काम गर्न निर्देशन दिएका छन् ।बिमा समितिले नेपालगञ्जमा गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बिमा गरेर आर्थिक जोखिम लिने काम बिमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका वर्गसम्म बिमाको पहुँच […]

स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

काठमाडाैँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरू बढ्दो […]

स्वास्थ्य क्षेत्रमा विश्वसनीयता बढाउन जरुरी छ : गणेश तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा विश्वसनीयताको अभाव भएको बताएका छन् । उनले मुलुकको स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज (आइतबार) आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड […]

एमसीसीमा विचेत वामपन्थी विश्वसनीयता

सत्ता गुम्ने डरले एमसीसीबारे धारणा बदल्ने माओवादी र एकीकृत समाजवादीको चरित्र जति अवसरवादी हो, गठबन्धन टुटाउन र १४ सांसद हटाउन एमसीसीलाई प्रयोग गर्ने एमाले पनि त्यत्तिकै अवसरवादी हो । यसले नेपालका वामपन्थी दलहरू राज्यको विश्वसनीयता र जटिल भू-राजनीतिको विषयमा समेत कुन हदसम्म बार्गेनिङ गर्न अघि सर्दा रहेछन् भन्ने देखाएको छ ।

न्यायपालिकाको स्वच्छता र विश्वसनीयता कायम राख्नुपर्छ : न्यायाधीश समाज

काठमाडौं : न्यायाधीश समाज, नेपालले न्यायपालिकाको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्नुपर्ने बताएको छ।समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा उठेको विषयलाई समाधान गर्नुपर्ने राय राखेका छन्।सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तिजनक कार्य मान्नुपर्ने बताएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका संस्था निर्माणका लागि त्याग र समर्पण चाहिने पनि समाजले