काठमाडौं : न्यायाधीश समाज, नेपालले न्यायपालिकाको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्नुपर्ने बताएको छ।समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा उठेको विषयलाई समाधान गर्नुपर्ने राय राखेका छन्।सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तिजनक कार्य मान्नुपर्ने बताएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका संस्था निर्माणका लागि त्याग र समर्पण चाहिने पनि समाजले