मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषय

मौद्रिक निकायको प्रमुख लक्ष्य भनेको समग्र अर्थतन्त्रमा मूल्य स्थिरता र वित्तीय सन्तुलन कायम गराउनु हो । पूर्ण रोजगारी, सन्तुलित आर्थिक वृद्धि, तथा भुक्तानी सन्तुलन कायम गराउने समेत यसको लक्ष्य हो । यसका लागि नेपाल राष्ट्र बैंकले बजारको आधार दर (ब्याजदर) कायम गर्ने, मुद्रा प्रदायलाई वाञ्छित सीमामा कायम राख्नका लागि खुला बजारमा सहभागी हुनुका साथै बैंकहरूको न्यूनतम रिजर्भ कायम गराउने तथा वैदेशिक मुद्रा सञ्चितिको अवस्थालाई नियन्त्रण तथा सन्तुलनमा ल्याउँदै भुक्तानी व्यवस्थापनको कार्य गर्ने गर्छ । ती कार्यहरू सम्पादन गर्नका लागि आगामी कार्यदिशा तथा रणनीति कस्तो रहनेछ भन्ने विषयहरूको फेरिहिस्तसहित आउने दस्तावेज नै मौद्रिक नीति हो । वैदेशिक मुद्रा सञ्चिति र स्थायी पूँजीगत स्रोतको प्राप्तिका तथा लागि स्थायी र स्थिर प्रकृतिको वैदेशिक लगानी भित्र्याउन आवश्यक नीति तथा निर्देशिका तयार गरी लागू गरिनुपर्छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति तर्जुमा गर्दै गरेका बखत नेपालको अर्थतन्त्रमा रहेका विशेषतः तीनओटा कुराहरूलाई सम्बोधन गर्नु आवश्यक देखिन्छ. १) भुक्तानी सन्तुलन : द्रुतगतिको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री, प्रविधि र जनशक्ति आयात तथा कोरोनाविरुद्धको खोप आयात गर्नका लागि आवश्यक पर्ने वैदेशिक मुद्रा व्यवस्थापन २) आर्थिक वृद्धिदर र मुद्रास्फीतिलाई समेत सन्तुलन ल्याउने गरी प्रोत्साहन प्याकेजसमेत निर्धारण ३) महामारीका कारण अर्थतन्त्रमा आएको असन्तुलनलाई व्यवस्थापन । प्रभावित क्षेत्रमा रहेको कर्जालाई खराब नहुन नदिन तथा भएमा थप कर्जा हानिको अवस्थामा जानसक्ने जोखिमलाई व्यवस्थापन गर्नेगरी समग्र कर्जा विस्तार नीति समेत लिनुपर्ने देखिन्छ । सुझावहरू शहीद परिवार स्वरोजगार कार्यक्रमहरू लागू गर्ने : त्यस्तो स्वरोजगारमूलक व्यवसायका लागी आवश्यक ऋण पूँजीको व्यवस्थापनका लागि परियोजनामा आधारित ऋण कार्यक्रम लागू गर्ने । यस्तो ऋणको ब्याजदरको अधिकतम सीमा ३ प्रतिशत कायम गर्ने र त्यस्तो ऋणमा १ प्रतिशतमा पुनर्कर्जाका व्यवस्था गर्नुपर्छ । उत्पादनमूलक क्षेत्रमा परियोजनामा आधारित ऋण : यस्तो ऋण प्रदान गर्नका लागि जोखिममा आधारित ऋण लगानीका लागी आवश्यक न्यूनतम मापदण्ड तय गरी उक्त मापदण्ड पूरा गर्ने परियोजनाहरू तथा स्टार्टअपहरूमा लगानी विस्तारका रणनीति तय गरी लागू गरिनुपर्छ । यस्तो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल लगानीको न्यूनतम ५ प्रतिशतसम्म परियोजनामा आधारित ऋण प्रवाह आगामी २ वर्षभित्र पु¥याउनुपर्ने र हरेक वर्ष त्यस्तो सीमा १ प्रतिशतका दरले वृद्धि गरी आगामी ७ वर्षभित्र न्यूनतम १० प्रतिशत लगानी पुर्‍याउनुपर्ने व्यवस्था लागू गरिनुपर्छ । व्यावसायिक कृषि, कृषि उपकरणको उत्पादन, मल तथा अन्य रासायनिक पदार्थको उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनका लागि कृषि ऋणको व्यवस्था गर्न कृषि ऋणपत्र जारी गर्ने र त्यो ऋणपत्रबाट संकलित रकमबाट बैंकहरूलाई प्रदान गर्ने गरी परियोजनामा आधारित ऋणमार्पmत त्यस्ता क्षेत्रहरूलाई आवश्यक पर्ने स्रोतको सुनिश्चिता गरिनुपर्छ । पहाडी क्षेत्रमा रहेका उच्च बाँध तथा पोखरीहरूलाई बहुउद्देश्यीय बनाई माछापालन तथा पर्यटन विस्तारका लागि आवश्यक पर्ने लगानी स्रोतको जोहो गर्न समूहमा आधारित परियोजना ऋणको प्रबन्ध गर्नुपर्र्छ । त्यस्तै समुदायमा आधारित व्यावसायिक कृषि तथा वन पैदावारको उत्पादनका लागि भूमि एकीकरण गरी व्यावसायिक कृषिकार्य गर्न चाहनेहरूका लागी परियोजनामा आधारित कृषि ऋणको व्यवस्था गर्नु आवश्यक छ । यसबाट गार्हस्थ्य उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, रोजगारीको वृद्धि हुनेछ । उत्पादनमूलक बैंकेबल परियोजनाहरूमा स्रोतको अभाव हुन नदिन पुनर्कर्जा सुविधासहितको स्रोतको सुनिश्चितता गरिनुपर्छ । वैदेशिक मुद्रा व्यवस्थापन तथा वैदेशिक लगानी प्रवर्द्धन : वैदेशिक मुद्रा सञ्चिति र स्थायी पूँजीगत स्रोतको प्राप्तिका तथा लागि स्थायी र स्थिर प्रकृतिको वैदेशिक लगानी भिœयाउन आवश्यक नीति तथा निर्देशिका तयार गरी लागू गरिनुपर्छ । क्यापिटल एकाउन्टमा नकारात्मक असर नपार्ने गरी स्थायी प्रकृतिको वैदेशिक लगानी भिœयाउन डिपोजिटरी रिसिप्टजस्ता उपकरणहरूकोे विकासका लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्छ । अनौपचारिक प्रकृतिको सुनको सञ्चितिलाई कम गर्न तथा वैदेशिक मुद्रा सञ्चितिको चापसमेतलाई सम्बोधन गर्न कागजी सुनको कारोबार (गोल्ड ईटीएफ) सञ्चालनमा ल्याउन आवश्यक नीति तय गर्नुपर्छ । यस्तो कोषको ट्रस्टीका रूपमा राष्ट्र बैंकले काम गर्नुपर्छ । बा≈य क्षेत्रको चाप कम गर्न बैंकहरूले वैदेशिक ऋण प्राप्तिका लागि आन्तरिक बैंकहरूको मोलमोलाई बिस्तार गर्न बैंकहरूको वित्तीय अवस्था, सुशासन तथा क्रेडिटिबिलिटीको आन्तरिक मूल्यांकन गरी नियामक निकायले नियमित प्रकाशन गर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो ऋणमा वैदेशिक मुद्राको मूल्याङ्कन मूल्यमा आउने परिवर्तनसम्बन्धी जोखिम हस्तान्तरणका लागि करेन्सी हेजिङ फन्डलगायतकाको व्यवस्था गर्नुपर्छ । बजार ब्याजदर र नीतिगत स्थायित्व : गार्हस्थ्य बचतलाई दीर्घकालीन पूँजीगत स्रोतकोे रूपमा परिचालन गर्न विभिन्न इन्डेक्समा आधारित प्रतिफल दरसहितको बचत योजनाहरू ल्याउनु आवश्यक छ । जस्तै मुद्रास्फीति दर, सुनको मूल्यान्तर, इन्टर बैैंक सापटी दर वा यस्तै अन्य आधारदरहरू । सारभूत रूपमा फरक नरहेका बचत योजनालाई एकीकृत गरी एउटै योजनाको रूपमा लागू गरिनुपर्छ । बजार ब्याजदर र तरलतामा स्थायित्व प्रदान गर्न दीर्घकालीन ऋणपत्र जारी गर्नुका साथै त्यसको दोस्रो बजारमा तरलता विस्तार गर्नुपर्छ । ऋणपत्रहरूको दीर्घकालीन ब्याजदर निर्धारण गर्ने र त्यसका आधारमा ऋण प्रवाह तथा बचतको ब्याजदर निर्धारण गर्ने प्रबन्ध मिलाउनुपर्छ । बजार ब्याजदरको स्थायित्व कायम गरी प्रणालीगत बजार जोखिम व्यवस्थापनका लागि नीतिगत स्थायित्व कायम गर्ने तथा नीति कार्यान्वयनका बखत सम्भाव्य दीर्घकालीन असरलाई समेत सम्बोधन गर्न सम्भावित जोखिमका लिडिङ, कोइन्सिडेन्ट, ल्यागिङ सूचकहरू तय गरी सूचीकरण गर्ने र त्यस्ता सूचकहरूले जोखिम देखाएको अवस्थामा लिनुपर्ने सुधारात्मक उपायहरू समेत निर्धारण गर्नुपर्छ । बजार जोखिम व्यवस्थापन र लगानी प्रवर्द्धन : बैंकिङ जोखिमको व्यवस्थापन र सम्भाव्य जोखिमयुक्त क्षेत्रहरूमा लगानी प्रवद्र्धन, बैंकहरूको आन्तरिक सबलीकरणका लागि आन्तरिक जोखिममा आधारित जोखिम व्यवस्थापन प्रणाली लागू गरिनुपर्छ । बासेल–३ को सम्प्लिफाइड स्टान्डर्ड अप्रोबाट आईआरबी एप्रोचमा जान आवश्यक पूर्वाधारको विकास गरी लागू गर्न समयसीमा निर्धारण गर्नुपर्छ । प्रथम चरणमा आधारभूत आन्तरिक जोखिममा आधारित जोखिम गणना र व्यवस्थापन प्रणाली लागू गर्ने, दोस्रो चरणमा विशिष्टीकृत आन्तरिक जोखिममा आधारित जोखिम गणना र व्यवस्थापन प्रणाली लागू गरिनुपर्छ । बैंकिङ क्षेत्रमा वित्तीय सुशासनका लागि प्रवर्धनात्मक स्वनियमनका कार्यक्रमहरू लागू गरिनुपर्छ । नेपालको पूँजी बजारलाई आर्थिक पूर्वाधार निर्माणतर्फको पूँजीगत स्रोतको व्यवस्था गर्ने निकायका रूपमा विस्तार गर्न मौद्रिक नीतिका तर्फबाट पूँजी बजारको स्थायित्व र बजार तरलतामा सन्तुलन ल्याउन मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण गर्ने गरी समन्वयकारी मौद्रिक नीतिको व्यवस्था गर्नु आवश्यक छ । उल्लिखित विषयहरूलाई सम्बोधन गर्न सकेको अवस्थामा प्रभावित विशेष क्षेत्रलाई राहत पुग्नुका साथै अर्थतन्त्रमा आन्तरिक उत्पादन प्रवर्द्धन गर्न सकिन्छ । रोजगारीका अवसरहरूको वृद्धि गरी बेरोजगारीको समस्यालाई सम्बोधन गरिनुका साथै वैदेशिक मुद्रा व्यवस्थापन र वैदेशिक लगानी प्रवद्र्धन, बजार ब्याजदरको सन्तुलन तथा नीतिगत स्थायित्व समेत प्राप्त गर्न सकने देखिन्छ । समग्र बजारको जोखिमलाई वाञ्छित तहमा ल्याई दीर्घकालीन लगानी प्रश्रयसमेत गर्ने हुन्छ । यसबाट वित्तीय स्थायित्व, रोजगारीको अवसरमा वृद्धि, मूल्य स्थिरता, सन्तुलित उच्च आर्थिक वृद्धिका साथै विनिमय दरलाई समेत सन्तुलनमा राखी अल्पकाल तथा मध्यकालमा समेत सन्तुलित द्रुत गतिको आर्थिक वृद्धिदर प्राप्त गर्न सकिन्छ । तसर्थ मौद्रिक निकायले मौद्रिक नीतिको तर्जुमा गर्दा अल्पकालीन लक्ष्य मात्रै नभई दीर्घकालीन लक्ष्यलाई समेत प्राप्त गर्ने गरी सन्तुलित मौद्रिक नीति तय गरिनु आवश्यक देखिन्छ । लेखक लगानी तथा वित्तीय जोखिम विश्लेषक हुन् ।

सम्बन्धित सामग्री

मौद्रिक नीतिले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैनः निजी क्षेत्र

काठमाडौँ – राष्ट्र बैंकले ल्याएको ०८०/८१ को मौद्रिक नीति निजी क्षेत्रको मनोबल कमजोर बनाएर आएको भन्दै निराशा प्रकट गरेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रको मागलाई सम्बोधन नगरेको भन्दै वर्तमान आर्थिक समस्यासमेत समाधान हुन नसक्ने बताएका छन्। निजी क्षेत्रको तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र […]

मौद्रिक नीतिले सम्हाल्न नसक्ने मूल्यवृद्धि

गत आर्थिक वर्षको सुरुदेखिको विदेशी मुद्राको दबाब तथा त्यसपछि रूस र युक्रेनबीच भएको युद्धका कारण नेपालको बाह्य क्षेत्रमा चाप परेको परिस्थितिलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्ने प्रयास त गरेको छ । तर, मौद्रिक नीतिले सबै काम गर्न सक्दैन । वर्तमान आर्थिक अवस्थालाई सम्पूर्ण रूपमा मौद्रिक नीतिले समाधान गर्छ वा सम्बोधन गर्छ भनेर आशा […]

‘अर्थतन्त्रका चुनौती समाधान गर्ने मौद्रिक नीति आउँछ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समग्र आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थ र चाहनामा नभई अर्थतन्त्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्ने गरी ल्याइने उनले स्पष्ट पारेका छन् । समग्र अर्थतन्त्रलाई जोगाउनु मौद्रिक नीतिको पहिलो […]

'मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थमा आउँदैन'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समन आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थ र चाहनामा नभई अर्थतन्त्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्ने गरी ल्याइने उनले स्पष्ट पारेका छन् । समग्र अर्थतन्त्रलाई जोगाउनु मौद्रिक नीतिको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अ

मौद्रिक नीतिले समेटेन ठूला उद्योगी/व्यवसायीलाई

काठमाडौं। नेपाल उद्योग परिसंघले चालू आर्थिक वर्षको मौद्रिक नीतिले ठूला उद्योगी/व्यवसायीलाई सम्बोधन गर्न नसकेको बताएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले साना तथा मझौला उद्योग/व्यवसायलाई भने समेटेको छ। मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायको पुनरोत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिनेछ। पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरोत्थानका लागि सहयोग गर्ने परिसंघले बताएको छ।

कोरोनाले थला परेको व्यवसाय उकास्ने मौद्रिक नीती ल्याउन माग

अघिल्लो वर्षदेखि चालु आर्थिक वर्षमा समेत कोरोनाले थला पारेको व्यवसायलाई अब आउने मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने गण्डकी प्रदेशका स्थानीयले माग गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा गरेको छलफलमा स्थानीयले व्यवसाय टिकाउन पनि मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने माग गरेका हुन् । छलफलमा सहभागिहरुले […]

आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषय

कोभिड–१९ महामारीबाट सृजित स्वास्थ्य संकट एवं आर्थिक असहजताका बीच समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने उद्देश्यसहित आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति २०७७ साउन २ गते सार्वजनिक गरिएको थियो तर अपेक्षित कार्यान्वयन हुुन सकेको देखिँदैन । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति कस्तो आउने हो भन्ने मा वित्तीय क्षेत्र एवं अन्य क्षेत्रहरूले चासोका साथ हेरिरहेका छन् । आर्थिक वर्ष २०७७/७८ मा ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि प्राप्त हुने लक्ष्य रहेको छ तापनि कोभिड–१९ को दोस्रो लहर र यसले पारेको असरका कारण लक्ष्य प्र्राप्त हुुने कुरामा द्विविधा रहेको छ । मौद्रिक नीति भन्नाले अर्थतन्त्रमा कर्जाको प्रवाह, ब्याजदरमा स्थिरता, तरलता व्यवस्थापन, बैंकिङ सुशासन, मूल्यमा स्थिरता र मौद्रिक व्यवस्थापनको लागि लिइने नीति हो । समष्टिगत आर्थिक वृद्धि तथा आर्थिक स्थिरताका लागि मौद्रिक नीति तथा वित्त नीतिबीच अन्तरसमन्वयको जरुरी छ । अनियन्त्रित र अनुत्पादक क्षेत्रमा ऋण परिचालन गरेको कारण मुद्रास्फीतिको समस्या देशले भोगेको देखिन्छ । दुवै नीतिले समन्वय नराखी काम गरेमा अर्थतन्त्रमा अस्थिरता आउने हुँदा सम्बद्ध निकायले नीतिको कार्यान्वयन गर्दा समन्वय बढाउनुपर्छ । आर्थिक अवस्था सुदृढ बनाउने आधार मौद्रिक नीतिको कार्यान्वयनको संवाहक वित्तीय क्षेत्र विशेष गरी बैंकिङ क्षेत्र र पूँजीबजार हो । आगामी मौद्रिक नीतिको प्रमुख लक्ष्य वित्तीय सेवामा सहज पहुँच, वित्तीय समावेशीकरण र वित्तीय साक्षरता, ब्याजदरमा स्थिरता, तरलताको उचित व्यवस्थापन, कोभिड–१९ बाट प्रभावित क्षेत्रलाई सहुुलियत जस्ता विषय हुनेछन् । त्यस्तै पूँजीबजार र शेयरबजारलाई प्रभावित हुने खालका नीति पनि आउन सक्छन् । शेयरबजारलाई खुुम्चाउने नीति ल्याउँदा न त सरकारको राजस्व अभिवृद्धि हुुन्छ न त देशमा पूँजीको पर्याप्तता एवं उपलब्धता हुनसक्छ । हालका दिनहरूमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह बढ्नुका साथै कर्जाको ब्याजदरमा अपेक्षित रूपमा कमी आएको छ । पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको उपयोग बढेको छ । वित्तीय पहुँच बढ्नुको साथै विद्युतीय भुक्तानी कारोबार उल्लेख्य विस्तार भएको छ । पूँजी बजारमा नेप्से सूचकांङ्क र बजार पूँजीकरण बढेको छ यसलाई निरुत्साहित गरिनु हुँदैन । हाल तरलतामा केही असहजताको महसूस हुुन थालेकाले यसको उचित व्यवस्थापनसहित कृषि तथा ऊर्जा, लघु, एवम् मझौला उद्यम कर्जा, सहुलियतपूर्ण कर्जा, कोभिड–१९ बाट अति प्रभावित पेशा÷व्यवसाय सञ्चालन कर्जा, वित्तीय सुदृढीकरण तथा स्रोत व्यवस्थापनजस्ता विषयमा थप ध्यान दिने मौद्रिक नीति आवश्यक छ । कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था, निषेधाज्ञा अवधिभर र उक्त अवधि समाप्त भएको १ महीनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लीलामीसम्बन्धी सूचना जारी गर्न नपाउने, म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतीतपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बद्ध ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्ने व्यवस्था, कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छूट प्रदान गर्ने व्यवस्थालाई मौद्रिक नीतिमा यथावत् राख्नुुपर्छ । शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणबापत शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसका आधारमा गणना गर्ने व्यवस्था गर्दा उपयुक्त हुन्छ । उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको खण्डमा पूँजी बजारको विकास एवं शेयरबजारमा उत्साह थपिनेछ । कोभिड–१९ ले थलिएको अर्थतन्त्र पूर्णरूपमा पुनरुत्थान नहुँदै यसको दोस्रो लहरले मानव जीवन एवम् अर्थतन्त्र थप आक्रान्त हुन थालेकाले मौद्रिक सहजता र पुनरुत्थान लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिँदै सम्भावित तेस्रो लहरलाई समेत दृष्टिगत गर्दै वित्तीय स्थायित्वमा जोखिम आउन नदिनेतर्पm मौद्रिक नीति केन्द्रित हुनुपर्छ । आन्तरिक उत्पादन वृद्धि, रोजगारी सृजना, सुुशासन र आर्थिक पुनरुत्थानका लागि वित्तीय साधनको उपलब्धतालाई सहजीकरण गरी आर्थिक वृद्धिमा सहयोग पु¥याउन मौद्रिक नीतिको आवश्यकता छ । कोभिड–१९ महामारीको उपचारमा सहजता ल्याउन यससँग सम्बद्ध वस्तु तथा उपकरणहरू आयात, उत्पादन तथा वितरण गर्ने कार्यतर्पm कर्जा प्रवाह गर्दै स्वास्थ्य क्षेत्रलाई थप सुुदृढ बनाउनेतर्फ प्रोत्साहित गरिनुुपर्छ । बैंकको अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंकदर र ब्याजदर कोरिडोरका व्यवस्थाहरू यथावत् हुुनुु जरुरी देखिन्छ । मौद्रिक नीतिले शेयरबजार साक्षरता र वित्तीय साक्षरता अभिवृद्धिका लागि चेतनामूलक कार्यक्रमलाई थप सुुदृढ बनाउनु आवश्यक छ । बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिको सम्बन्ध नङ र मासुजस्तै छ । वित्तीय संस्थाहरू सक्रिय र सुशासित नभएसम्म मौद्रिक नीतिले परिलक्षित गरेका उद्देश्य पूरा गर्न कठिन हुन्छ । मौद्रिक नीतिकै आधारमा बैंक तथा वित्तीय संस्थाले आफ्नो नीति बनाउने हो । मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गरी वित्तीय संस्थाहरूमार्फत कार्यान्वयन गरिने हुँदा यसको सफलताको लागी वित्तीय संस्थाको सुदृढीकरण निर्विकल्प छ ।   आगामी मौद्रिक नीतिले वित्तीय क्षेत्र सुधारका औजारहरू जस्तै ब्याज कोरिडोर, ऐनहरूमा परिमार्जन,  नियमन र सुपरिवेक्षण, बैंकिङ सेवाको पहुँच विस्तार, सबै नेपालीको बैंक खाता, वित्तीय समावेशीकरण, वित्तीय साक्षरता निक्षेपको सुरक्षण सीमा वृद्धि, नेपालमा विदेशी बैंक शाखा स्थापनाजस्ता विषयलाई सम्बोधन गर्नुपर्छ । विकास बैंक र लघुुवित्तले ग्रामीण क्षेत्रमा माइक्रो कर्जा प्रवाह र बैंकिङ चेतनाको विकास गर्न बढी भूमिका खेलेका हुँदा यिनलाई भन्दा वाणिज्य बैंकहरूलाई गाम्ने र गाभिने प्रक्रियामा जोड दिनु उपयुक्त हुन्छ । कार्ययोजनाको अभावमा मौद्रिक नीतिको अक्षरशः पालना भएको पाइँदैन । कार्यान्वयन पक्ष फितलो भएको, कार्यान्वयन गर्ने संस्थाहरूबीच आपसी समन्वयको अभाव, बैंक तथा वित्तीय संस्थाको प्रमुख छनोटमा राजनीतिक प्रभाव तथा सरकारको हस्तक्षेपलगायत यस्ता वित्तीय उपकरण प्रभावहीन बन्ने गरेको पाइन्छ । त्यसैले अब आउने आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति कार्यान्वयन हुने खालको आफ्नो लक्ष्य पूरा हुने खालको हुनु आवश्यक छ ।   लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुुन् ।

मौद्रिक नीति कस्तो आउनुपर्छ ?

हरेक वर्ष राष्ट्र बैंकले बजेटपछि मौद्रिक नीति ल्याउने गर्छ । आगामी आर्थिक वर्ष २०७८-७९ का लागि पनि राष्ट्र बैंकले चाँडै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । अहिले कोरोना र त्यसले अर्थतन्त्रमा पारेको असरलाई मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ, सबैको चासो यसैमा छ । कोभिडको असर न्यूनीकरणमा राष्ट्र बैंकले कस्तो नीति लिन्छ, त्यसले बजेटको सफलता […]

बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गरेन : परिसंघ

काठमाडौं। नेपाल उद्योग परिसंघले बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गर्न नसकेको बताएको छ। पछिल्लो प्रतिक्रिया दिँदै परिसंघले यस्ता उद्योगलाई प्रत्यक्ष राहत पुग्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने माग राखेको छ। मौद्रिक नीतिले यस्ता उद्योगलाई सम्बोधन नगरेमा चरम आर्थिक संकटमा पर्नेछन्।