काठमाडौं : ’नो नट अगेन’ नामको फेसबुक पेजलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयलाई धक्का लागेको छ। राजनीतिक स्वार्थका लागि आसन्न संघ र प्रदेशको चुनावका उम्मेदवारको फोटोसहित भ्रमपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सो पेजलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो। पेज बन्द नगरे आयोगले कारबाही नै गर्ने चेतावनीसमेत दिएको थियो। आयोगको निर्णय र चेतावनीविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै आज सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो। सामा