स्थानीय निर्वाचनमा समाजवादी केन्द्रको शून्य मत !

१० साउन, काठमाडौं । स्थानीय तह निर्वाचनमा समाजवादी केन्द्र नेपालले वडाध्यक्ष पदमा शून्य मत पाएको छ । गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा सहभागी ६१ वटा राजनीतिक दलहरूमध्ये वडाध्यक्ष पदमा शून्य मत ल्याउने समाजवादी केन्द्र नेपाल एक मात्रै राजनीतिक दल हो । मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार समाजवादी केन्द्रबाहेकका अरु […]

सम्बन्धित सामग्री

किन सुस्तायो समाजवादी मोर्चा?

काठमाडौं : नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ मा धुमधामसँग सुरु भएको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो। जति फूर्तिसाथ मोर्चा बनेको थियो, त्यति नै छिटो सुस्ताउँदै गएको छ। सुरुवातमा सचिवालय गठन गर्ने, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्ने र वि

कोशीमा समाजवादी मोर्चाले सोमबार सभा गर्दै

२३ भदौ, विराटनगर । समाजवादी मोर्चाले सोमबार विराटनगरमा सभा आयोजना गर्ने भएको छ । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा नाममा कार्यक्रम गर्न लागेको हो । सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा एकिकृत समाजवादी […]

वाम–समाजवादी एकता पहल

माओवादी, एकीकृत समाजवादी र जसपाले कार्यदल नै बनाए, समाजवादी पार्टीले आज कार्यदल गठन गर्ने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित धक्कापछि वाम–समाजवादी दलहरूले आ–आफ्नो ढंगले एकताको पहल थालेका छन् । माओवादी, एकीकृत समाजवादी...

चार वाम–समाजवादी दलबीच एकताको गृहकार्य

माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियान एकताका लागि आन्तरिक गृहकार्यमा, माओवादीसँग एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय चार वाम–समाजवादी दलले निर्वाचनलगत्तै पार्टी एकता गर्ने गरी गृहकार्य...

समाजवादी साहित्य कस्तो हुने ?

समाजवाद आर्थिक तथा राजनीतिक कार्यक्रम त हुँदै हो, यो साहित्यिक कार्यक्रम पनि हो । साहित्यका सन्दर्भमा समाजवादको अवधारणाको थालनी मुख्यतः रुसी क्रान्तिपछि रुसबाटै जन्मिएको हो । समाजवादी साहित्यलाई समाजवादी यथार्थवाद भन्ने गरिन्छ । नेपालमा पनि समाजवादी यथार्थवादबारे चर्चा हुँदै आएको छ । गणतन्त्रको स्थापनापछि जारी नेपालको संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख राज्य’को परिकल्पना गरिएको छ । हामीकहाँ सबैजसो पार्टीले आफूलाई सच्चा समाजवादी भन्ने गरेका छन् तर समाजवादबारेको बुझाइ र त्यसतर

प्रचण्ड भन्छन् : तत्काल समाजवादी केन्द्र बन्दैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरे। उनले समाजवादी केन्द्र तत्कालै बनाइहाल्न आफूहरुले छलफल नगरेको उल्लेख गरे।अध्यक्ष प्रचण्डले केही नेताले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्

समाजवादी केन्द्र बनाउन कति सम्भव छ ?

कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा केन्द्रीत गर्ने उद्देश्यले पुनः समाजवादी केन्द्र बनाउने बहस सुरु भएको नेताहरुले बताएका छन् । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख व्यवस्था हुने परिकल्पनासँगै कम्युनिस्ट पार्टीहरू समाजवादी केन्द्र बनाउनेतिर लागेका हुन् ।समाजवादी केन्द्र बनाउने बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छलफल र बहसमा जुटेका हुन् । नेकपा एमालेबाहेक कम्युनिस्ट शक्तिलाई एक ठाउँमा राख्नेगरी शिर्ष नेताहरु छलफलमा जुटेको माओवादी केन्द्रका

एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवैले पाए दलको मान्यता

काठमाडौं : निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई राजनीतिक पार्टीको मान्यता दिएको छ। नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोसपाले राजनीतिक पार्टीको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।नेकपा एमालेबाट विभाजित नेता नेपाल पक्षले केन्द्रीय सदस्यको संख्या २० प्रतिशत साथमा लिएर एकीकृत समाजवादी पार्टी गठन गरेर दर्ताका

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले दियो मान्यता

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको बुधबारको बैठकले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव […]

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पाए प्रमाणपत्र

भदौ ९, काठमाण्डौ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई १६६ नम्बरमा र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई १६७ नम्बरमा दर्ता गरेको छ । प्रमाणपत्र बुझेपछि सो पार्टीका नेता राजेन्द्र पाण्डेले अब शसक्त रुपमा […]