घर भत्किँदा एक बालिकाको मृत्यु, दुई घाइते

कञ्चनपुर : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो। बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन्। पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।