पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

इनरुवा : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्। उनले गुट/उपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे। सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिले पार्टीमा रहेको गुट/उपगुटलाई मिलाउनका

सम्बन्धित सामग्री

पार्टी उपसभापति गच्छदारको क्षेत्रमा संस्थापन इतरकै पकड

संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिसहित महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहकै बढी विजयी भएका छन्। पार्टी उपसभापति गच्छदार सभापति शेरबहादुर देउवा पक्षीय हुन्।...

मविरुद्ध षड्यन्त्र भएको छ : उपसभापति गच्छदार

काठमाडौं, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि गुमनाम बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले बुधबार आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाउनुभएको छ । गच्छदारले बुधबार तीनकुनेको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो राजनीतिक र सामाजिक जीवन नै ध्वस्त बनाउने षड्यन्त्रस्वरूप आफूमाथि बालुवाटार जग्गा प्रकरणको मुद्दा लगाइएको जिकिर गर्नुभयो । बालुवाटार जग्गा प्रकरणमा […]

म सभापति पदको उम्मेद्वार होइनः कांग्रेस उपसभापति गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशमा आफू सभापतिको उम्मेद्वार नभएको बताएका छन्। लामो समय कुनै पनि सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नदिएका उपसभापति गच्छदारले आज पत्रकार सम्मेलन गर्दै सभापति पदको उम्मेद्वार नभएको स्पष्ट पारेका हुन्। त्यस्तै उनले आफू कांग्रेसभित्र देखिएका कुनै पनि गुटमा संलग्न नभएको बताएका…

मेरो राजनीतिक करिअर सक्काउन मुद्दा लगाइयो : कांग्रेस उपसभापति गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। लामो समय कुनै पनि सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नदिएका उपसभापति गच्छदारले आज पत्रकार सम्मेलन गर्दै लामो समयदेखि आफूमाथि षड्यन्त्र भएको अभिब्यक्ति दिए। उपसभापति गच्छदार ललिता निवास प्ररकणमा मुद्दा खेपिरहेका छन्। 'माधवकुमार नेपालको निर्देशनमा तह…

सभापति प्रधानमन्त्री भएलगत्तै उपसभापति गच्छदार अदालतमा हाजिर

बालुवाटारस्थित सरकारी जग्गा ललितानिवास प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि भूमिगत रहनुभएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार सभापति शेरहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै अदालतमा हाजिर हुनुभएको छ । मंगलबार देउवाले प्रधानमन्त्रीकोा शपथ गरेर पदभार गहण गरेपछि उपसभापति गच्छदार बुधबार विशेष अदालमा हाजिर हुनुभएको हो । विशेष अदालतका उपरष्ट्रिार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार गच्छदार …

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा उपस्थित

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष अदालतमा उपस्थित भएका छन् । बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो । तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् । अदालतले गच्छदारको ठेगाना नभेटेको भन्दै म्याद तामेल गर्न सकेको थिएन । बुधवार गच्छदार आफैं विशेष अदालत पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता पु...

गच्छदार पत्नी निर्मलाको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनप्रति शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति देउवाले निर्मलाको निधनको खबरले मर्माहित बनेको बताए। आत्माको चिर शान्तिको कामना गर्दै उनले उपसभापति गच्छदार लगायत शोकाकुल परिवारजनमा गहिरो सम्बेदना व्यक्त गरे। थापाथलीस्थित नर्भिक अस्पतालमा निर्मलाको उपचारका क्रममा आज बिहान निधन भएको हो।

कोरोनाबाट काँग्रेस उपसभापति गच्छदार पत्नीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

काठमाडौं। कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निर्मला गच्छदारको आज निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बिहान ४ बजे निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई हप्तादेखि नर्भिकमा उपचाररत थिइन्।

काँग्रेस उपसभापति गच्छदार पत्नीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, जेठ १ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । कोरोना संक्रमित गच्छदारकी श्रीमती निर्मलाको आज विहान मृत्यु भएको हो । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । उनी दुई हप्तादेखि कोरोनासंग लड्दै आएकी थिईन् ।