काँग्रेस उपसभापति गच्छदार पत्नीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, जेठ १ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । कोरोना संक्रमित गच्छदारकी श्रीमती निर्मलाको आज विहान मृत्यु भएको हो । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । उनी दुई हप्तादेखि कोरोनासंग लड्दै आएकी थिईन् ।