हृदयघातबाट वडाध्यक्षका उम्मेदवार महतको निधन

ललितपुर : ललितपुर महानगरपालिकाका वडा नं १४ बाट वडाध्यक्ष उम्मेदवार बनेका रामबाबु महतको आज हृदयघातका कारण निधन भएको छ।गत स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित महत योपटक दोहोर्‍याएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी मधुमेह र रक्तचापका  बिरामी महत थिए। उनले वडा नम्बर १४ करिब ३५ वर्ष चलाएका थिए। 

सम्बन्धित सामग्री

डाेकाेबाटै भाेट दिएर अस्ताए खड्का

जाजरकोट : जुनिचाँदे गाउँपालिका-४ का ७४ वर्षीय सार्के खड्काकाे भाेट दिएको पाँच मिनेटमै निधन भएको छ। डाेकाेमा आएर मतदान गरेका खड्काले छाेराेलाई भाेट दिने इच्छा पूरा गरेर अस्ताएका हुन्।उनका छाेरा भीमबहादुर खड्का जुनिचाँदे-४ बाट वडाध्यक्षका उम्मेदवार थिए। उनकाे अन्तिम इच्छा छाेरा र अन्य उम्मेदवारलाई भाेट हाल्ने रहेकाे नाति रेशम खड्काले बताए।

तुलसीपुरमा १७ मा एमालेले मृतक लबरुका छोरालाई बनायो वडाध्यक्षकाे उम्मेदवार

वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मंगलबार निधन भएपछि एमालेले उनका छोरा प्रदीपलाई उम्मेदवार बनाएको हो ।

तुलसीपुर-१७ वडाध्यक्षमा आज मनाेनयन, ३ जेठमा मतदान

दाङ, २८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ । बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए । तुलसीपुर १७ वडाध्यक्षका […]

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

चौधरी चुनाव प्रचारका क्रममा बिरामी परेका थिए। उनलाई मृगौला र कलेजोको समस्या थियो। उनी एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए।

दाङमा एमालेबाट वडाध्यक्षकाे उम्मेदवार बनेका चाैधरीकाे काठमाडाैंमा निधन

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बनेका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए ।

तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवारको निधन

एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।