काठमाडौं : सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा घुस लिने उपसचिव नेपाल र दिने बि.बि. एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।नागरिक उड्डयन महाशाखाका उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र उपलब्ध गराइदिन सेवाग्राहीसँग लिएको ६ लाख रूपैयाँसहित अख्तियार दुर