चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा

सप्तरीको सप्तकोसी नगरपालिका– ४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेका छन् । अमाहा, जुटपानी, सत्रापत्र, ट्यांगालगायतका खहरेखोलामा आएको बाढी चन्द्रनहरमा पसेपछि बाँध भत्किएको स्थानीय विष्णु राईले जानकारी दिए...

सम्बन्धित सामग्री

युक्रेनी बाँध भत्किँदा १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै

मस्को – दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। उक्त बाँध भत्किँदा डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परे पछि १५ हजार मानिसहरूलाई विस्थापित हुन पुगेका छन्। साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ। बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो […]

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको […] The post चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौँ बिघा धानबाली नष्ट

सप्तरी। सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको […]

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी–सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको हो […]

बरुवा खोलाको बाँध पुनर्निर्माण नहुँदा गाईघाट उच्च जोखिममा

जेठ २२, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनर्निर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ ।  मर्मतसमेत नहुँदा वर्षायाम शुरु भएसँगै दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेको हो ।  त्रियुगा–११ नम्बर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनर्निर्माणमा कसैले चासो देखाएको पाइदैन ।  वर्षायाम शुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्की बताउँछन् । ‘तटबन्धन पुनर्निर्माण नै गर्नुपर्ने हो, तर मर्मत मात्रै गरिदिए पनि ढुक्क हुनुहुन्थ्यो’, उनले भने ।  बरुवा नदी नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुंगा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्रनै जोखिममा परेको साकेलाका राजकुमार राईले बताए । उनले भने, ‘तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।’ अहिले बर्षायाम शुरु हुनै लाग्दा बरुवा नदीमा पानीको बहाव दिनानुदिन बढ्दै जान थालेपछि बाढीले बाँधको पुरानो संरचना खोल्ने र भत्काउने खतरा बढ्दै जान थालेको र केही ढुंगा बगाउन थालेपछि बाँध फुट्नसक्ने  अवस्थामा पुगेको हो । ‘बाँध फुट्यो भने त बस्ती निकै खतरामा पर्नेछ’ शिवालय टोलका दीपिका कार्कीले बताए । उनका अनुसार यसअघि पटक–पटक बाँध भत्किँदा स्थानीय विस्थापित हुनुपरेको थियो ।   स्थायी रुपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि विसं २०३१, २०३९ र २०५७ सालमा भत्किएको त्रियुगा–११ का युवराज बुढाथोकीले बताए । उनका अनुसार विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा पर्दा अधिकांश स्थानीय विस्थापित भएको थिए ।  स्थानीयले स्थायीरुपमा पक्की बाँध निर्माण नर्गदा वर्सेनि बरुवा नदीको बाँध भत्कदै गएको र नदीले कटान गर्दै लगेको बताएका छन् । यसवर्ष पनि समयमा बाँध पुनःमर्मत नहुँदा अहिले गाईघाट बजारसहित आसपासका करीब दुई हजारभन्दा बढी घर उच्च जोखिममा परेको संगमटोलका कर्णबहादुर बस्नेतले बताए । उनले भने, ‘सरकारले स्थायी प्रकृतिको बाँध निर्माणप्रति विशेष ध्यान दिनु जरुरी छ ।’ दुई वर्षअघि पनि वर्षा लागेसँगै आएको बाढीले बरुवाको बाँध भत्काउन थालेपछि स्थानीय प्रशासन, नगर कार्यालय, नेपाली सेना, प्रहरीको टोलीले बोरामा बालुवा भरेर भत्किएका बाँध पुनःमर्मत गरेर गाईघाट क्षेत्र सुरक्षित गरिएको थियो ।  बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तराजाली नै नष्ट भइसकेको, बाँध क्षेत्रका ढुंगासमेत हिउँदमा ट्र्याक्टर व्यावसायीले उत्खनन गर्ने गरेपछि वर्सेनि बरुवा नदीले बाँध भत्काउँदै आएको हो । स्थानीयवासीले बाँस तथा बालुवामा बोरा राखेर बनाएको अस्थायी तटबन्धन दुई वर्षभन्दा बढी नटिक्ने गरेको गाईघाटका बृद्ध रत्नकुमार श्रेष्ठले बताए । उनले भने, ‘अब बर्षा लागिसक्यो, बाँध मर्मत गर्न पनि समस्या होला, यसप्रति कस्ले ध्यान दिने खै १’ उनले हालै नविनिर्वाचित जनप्रतिनिधिले तत्कालै चासो दिनुपर्ने बताए ।  यसअघि पनि दुईपटक बरुवा नदीको बाँध फुटेर गाईघाट क्षेत्रमा नदी प्रवेश गर्दा करीब ५०० बासिन्दा विस्थापित भइसकेका छन् । यसपटक पनि वर्षा शुरु भइसक्दा तटबन्धन मर्मत एवम् पुनर्निर्माणको कामले प्राथमिकता नपाउँदा गाईघाटका स्थानीय निकै त्रासमा बसेका छन् । रासस

जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका  १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध […]

अविरल वर्षाले झापाका ३५ घर डुबानमा

अविरल वर्षाका कारण नदीहरूमा आएको बाढी वस्तीमा पस्दा झापाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका–५, खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् ।  नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको वस्ती उच्च जोखिममा छन् । यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाक...