बझाङका चार पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले  यहाँका चार पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका...

सम्बन्धित सामग्री

‘विपद् संकटग्रस्त’ पालिका घोषणामै सीमित

सरकारले बझाङका ४ वटा पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । घोषणा अनुसार विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पीडितलाई पुनःस्थापना गरिनुपर्नेमा पालिकाका प्रमुखहरूले घोषणाबारे आधिकारिक रुपमा जानकारी नै नभएको जनाएका हुन् ।

विपद् संकटग्रस्त क्षेत्र घोषणामा बझाङका स्थानीय तहको आपत्ति

मंसिर २१ गते सरकारले मुलुकभरमा विभिन्न १० जिल्लाका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गऱ्यो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बैतडीका दुई सहित सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

मंसिर २२, बैतडी । मंसिर २२, बैतडी । बैतडीका दुई सहित सुदूरपश्चिमका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले देशभरीका ३३ ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ती मध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।  बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै दार्चुला दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका संकट ग्रस्त क्षेत्र घोषणा भएका छन् । डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र पर्शुराम नगरपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।  यस्तै, डोटीका ५ स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् ।  संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनर्निर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।

सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अबिरल वर्षाका कारण भएको क्षतिको आधारमा ती २० स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा तीमध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह पनि समेटिएका हुन्।यस प्रदेशका सबैभन्दा बढी डोटी र डडेल्धुरामा पाँच/पाँच स्थानीय तहमा संकटग्रस्त क्षेत्र परेका हुन्। यस्तै बझाङका चार तथा बैतडी, बाजुरा र