'मिस युनिभर्स नेपाल २०२३' जेन दीपिका ग्यारेट सौन्दर्य मापदण्डको गलत धारणा शिक्षाको माध्यमबाट हटाउन सकिने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम 'निर्भीक नारी'को चोथो सत्र ‘सौन्दर्य मापन’ मा उनले गलत धारणा मानिसको सोचाइबाट हटाए मात्र समाजबाट हट्ने तर्क गरिन् ।