सहकारीको अनुसन्धान गर्दा बैंकर पक्राउ परेका हुन, बैंकमा सबैको पैसा सुरक्षित छ : गभर्नर

काठमाडौं । पछिल्लो समय कतिपय बैंक सहकारी जस्तै चुर्लुम्म डुब्न लागेको बजार हल्लाबीच बैंक, वित्तीय संस्थाको प्रमुख नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यस्तो अवस्था नरहेको स्पष्ट पारेका छन् । नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामै सुरक्षित र पारदर्शी रहेको दाबी पनि उनले गरेका छन् । ‘अहिले सबै बैंक सुरक्षित छन्, जनताको पैसा सुरक्षित छ,’ आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीका अनुसार बैंकहरूसँगको क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रूप हेर्न सकिन्छ । बैंकहरूको कोर पूँजी ८ प्रतिशतभन्दा माथि रहेकाले पनि नेपाली बैंकहरू सुरक्षित छन् । केही बैंकहरूलाई भने कोर पूँजीको दबाब रहेको उनको भनाइ छ । कर्जा पोर्टफोलियो बढाउन पूँजी बढाउनुपर्ने स्थिति रहेको बताउँदै गभर्नरले पछिल्लो समय बैंकहरूसँग लगानी गर्न ६ खर्ब रुपैयाँ तरलता रहेको  तथ्य पेश गरे । पछिल्लो समय बैंकहरूको कर्जाको गुणस्तरमा कमी आएको भन्दै उनले बैंकहरूको खराब कर्जा (एनपीए) ३ दशमलव ४० प्रतिशत पुगेको जानकारी दिए । गभर्नर अधिकारीका अनुसार खराब कर्जा बढ्नुमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रि–पेमेन्टमा कमी, ऋणको आम्दानी क्षमतामा कमी र बजारमा आएका ऋण नतिरे पनि हुनेजस्ता अराजक अभिव्यक्ति एवं असम्भव आश्वासन मुख्य कारण हुन् । यसको असर प्रत्यक्ष रूपमा कर्जा प्रवाह र असुलीमा असर परेको तथा बचतकर्ताले बचत गरेको निक्षेपभन्दा तीन गुणा बढी बैंकहरूसँग तरल सम्पत्ति रहेकाले डराउनुपर्ने अवस्था नभएको गभर्नर अधिकारीको भनाइ छ । बैंकहरूको आन्तरिक परिस्थितिले केही अप्ठ्यारा देखापरे पनि समाधान हुने अवस्था रहेको उनले बताए ।  सहकारीको अनुसन्धान गर्दा बैंकर पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत पक्राउ परेका र त्यस विषयमा राष्ट्र बैंकले प्रहरीसँग पनि समन्वय गरेको गभर्नर अधिकारीले बताए । ‘बैंकिङ कसुरजन्य कार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ,’ उनले भने, ‘प्रहरीले एउटा सहकारीको अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धान गर्दा सहकारीको लहरो बैंकका कर्मचारीसम्म पुगेको छ ।’  प्रहरीले एकैपटक बैंकर समातेको जस्तो देखिए पनि यो विषयमा उसले लामो समयदेखि अनुसन्धान गरेको र अनुसन्धान अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको अधिकारीको भनाइ छ । सरकारी निकायले गरेको अनुसन्धानमा राष्ट्र बैंकले सहयोग गर्ने तर त्यसबाट कोही आतंकित बन्न जरुरी नरहेको अधिकारीको भनाइ छ ।  पछिल्लो समय बैंकका कर्मचारीमाथि विभिन समूह, क्षेत्रबाट आक्रमण र धरपकड भइरहेको भन्दै यसले बैंकिङ प्रणालीमा समस्या निम्त्याउने जोखिम रहेको उनले बताए । त्यस्तो अराजकता नरोक्ने हो भने बैंकहरूले सोचअनुसार कर्जाको माग र प्रवाह नहुने गभर्नर अधिकारीको चेतावनी छ । 

सम्बन्धित सामग्री

नेपालको बैंकहरू सुरक्षित छन् : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरू सुरक्षित रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले बैंकहरूलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरू सुरक्षित रहेको बताएका हुन् । उनले नेपालका बैंकहरूको अवस्थालाई हेरेर नै विदेशी...

नेपालको बैंकहरू सुरक्षित छन् : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरू सुरक्षित रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले बैंकहरूलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरू सुरक्षित रहेको बताएका हुन् । उनले नेपालका बैंकहरूको अवस्थालाई हेरेर नै विदेशी...

बैंकहरु सुरक्षित छन् : गभर्नर अधिकारी

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु सुरक्षित रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताएका हुन् । उनले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै विदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक […]

नेपालका बैंकहरूको अवस्था सुरक्षित छ: गभर्नर अधिकारी

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको हो । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय […]

नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् । केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका हुन् । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले […]

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन्।

मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । सोमबार ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाडौँको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौँमा

गभर्नर अधिकारी भन्छन्- मर्जरले वित्तीय प्रणाली थप सुरक्षित र सबल बन्छ

काठमाडाैँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका हुन्। सोमबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। साथै उनले बैंक, वित्तीय संस्थाहरू मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरू […]

नेपालमा बैङ्कको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ।