बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै: गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताउनुभएको छ । सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र […]

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनै पनि बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा नरहेको बताएका छन् । पछिल्लो समय बैंकहरू डुब्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भमा उनले केन्द्रीय...

गभर्नर अधिकारी र सिबिफिनका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सोमबार राष्ट्र बैंकका गभर्नर अधिकारीसँग भेटवार्ता गरी छलफल […]

अहिले मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था छैन: गभर्नर अधिकारी (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आइतबार आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको तर क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन् । उनले अन्य क्षेत्रबाट कुनै […]

डिजिटल भुक्तानी विना अर्थतन्त्र सम्भव छैन : गभर्नर अधिकारी

जेठ २३, काठमाडौं,  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले डिजिटल भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन् ।  मिडिया इन्टरनेशनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबर्द्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को आइतवार वेबीनारमार्फत उद्घाटन गर्दै उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताए ।  डिजिटलाईजेशनलाई कसरी अगाडी बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी एउटा पाटो हुने पनि उनले बताए । बैंक तथा वित्तीय संस्थाले समयको मागअनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले वित्तीय क्षेत्रमा डिजिटल सेवा बढाउन आवस्यक रहेको बताए । गर्भनर अधिकारीले अहिले चियापसलदेखि ई -रिक्सासम्म क्यूआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताए ।  वित्तीय साक्षरतालाई डिजिटल्लीरुपमा लैजानुपर्ने भन्दै उनले यसकालागि बजारीकरण गर्न जरुरी रहेको पनि बताए । उनले फाइनान्सियल डजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु त्था डिजिटल सेवा प्रदायकहरुले हातेमालो गर्नुपर्ने बताए ।  उनले सरकारले डिजिटल फेमवर्कलाई अगाडी ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पुर्‍याउने बताए । उनले फाइनान्सियल सेक्टर विद्युतीय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको बताए । नेपाल राष्ट्र बैंक डिजिटलाईजेशनका निम्ति दत्तचित्त भएर लागेको पनि उनले बताए ।  गर्भनर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलव्ध गराउन आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा फाइनान्सियलडिजिटलाइजेशन लिट्रेसी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै यसको  धेरै नै महत्व हुने उनको भनाइ थियो । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व मन्त्री भगवती चौधरीले  डिजिटलाइजेशन सेक्टरमा फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।प्रविधिमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उनको भनाइ थियो ।  बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाइजेशनलाई ग्रामीण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने बताए ।    कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए । अहिलेको युगमा पनि भौतिक कारोबारमै अल्झि राखेमा डाइनोसर लोप भएजस्तै हुने उनको बुझाइ छ । उनले बैंकहरुले भौतिक रुपमा सेव दिनेभन्दा पनि डिजिटलमार्फत सेवा दिन आवस्य भइसकेको बताए ।  नेपाल बैंकर संघका पुर्वअध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुलक्याम्पस तहका पाठ्यक्रममा राख्न सबै लाग्नुपर्ने बताए । उनले डिजिटलाइजेशनमार्फत थालिवएको वित्तीय साक्षताले आउने दिनमा फड्को मार्ने बताए ।  कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष प्रद्युम्न पोखरेलले बैंक तथा वित्तीय संस्थाबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभएर डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए । उनले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बताए । यसैगरी लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकहरुलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । जीवन वीमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले  सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमा अगाडि बढ्न आवस्यक रहेको बताए ।  त्यसैगरी प्रभु टेक्नोलोजीका अध्यक्ष कुसुम लामाले आफ्नो कम्पनीले डिजिटललाईजेशनका लागि महत्वपूर्ण काम गर्दै आएको बताए ।   सो अवसरमा आइएमईका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन पोखरेल, नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान प्रधान, एससिटी कम्पनीका निमित्त प्रमुखकार्यकारी अधिकृत दीपेश मास्के, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सीईओ जनार्दनदेव पन्त लगायतले आ -आफ्ना धारणा राखेका थिए ।