हटाइयो सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोको कंक्रिट संरचना

१३ साउन, काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा राखिएको अग्लो कंक्रिट संरचना हटाइएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी बनाइएको कंक्रिट संरचना स्थानीयवासीको विरोधपछि हटाइएको हो । यो कंक्रिट संरचना उपत्यका विकास प्राधिरकणले आधुनिक र ठूलो बत्ती राख्ने गरी बनाएको थियो । काठमाडौं […]

सम्बन्धित सामग्री

सेतो मच्छिन्द्रनाथको रथ यात्रा हुने बाटोमा कंक्रिट संरचना

११ साउन, काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा अग्लो कंक्रिट संरचना राखिएपछि विरोध सुरु भएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी कंक्रिट संरचना राखिएपछि स्थानीयबासीले विरोध गरेका हुन् । यो कंक्रिट संरचना कुन निकायले र किन राखेको भन्ने खुलेको छैन । झण्डा वा […]

सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्ति सारियो मन्दिरमा

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्राको पाँचौँ एवं अन्तिम दिन भव्य सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएको छ ।पाँचौँ दिन आज रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँचदिने जात्रा आजैदेखि अन्त्य भएको समितिका संयोजक, काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा सेतो मच्छिन्द्रनाथको पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिए । प्रत्य

स्वास्थ्य सुरक्षाको विधि अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिने

काठमाडौं । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छिन्द्रनाथको पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद् लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर आज सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्‍टमीदेखि दरबारमार्गस्थित तीन

सेतो मच्छिन्द्रनाथ रथ निर्माण

सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो बुधबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।