वैकल्पिक राजनीतिक पार्टीका रूपमा उदाएको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सोमबार ४४ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरे । मिश्रको दस्तावेजले अहिले नेपालको बौद्धिक एवं राजनीतिक क्षेत्रलाई तरङ्गित बनाएको छ ।दस्तावेज लिएर बहसको मैदानमा उत्रँदै गर्दा मिश्रले भनेका छन्, ‘पार्टीभित्र र बाहिर छलफल तथा बहसका लागि सार्वजनिक गरेको दस्ताबेज ।’ दस्तावेजको शीर्षकमा भनिएको छ, ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश ।’एकातर्फ मिश्रले नेपालमा राजतन्त्रको योगदान राम्रो थिय