युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गर्‍यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो । सिनियर […]

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ। भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो।

अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार सकियो

२८ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ सम्पन्न भएको छ । सेमिनारको कार्यक्रममा नेपाल मार्सल सेल्फ डिफेन्स संघकी निर्देशक तथा प्रमुख प्रशिक्षक सञ्जु महर्जनले युनिभर्सिटी वर्ल्ड कम्पार्ट मार्सल आर्टसबाट ‘सिक्स्थ डान’ तथा ‘इन्टरनेसनल सेल्फ डिफेन्स किङ अफ दि किङ अवार्ड’ प्राप्त गरेकी छिन् । महर्जन यी उपाधि पहिलो […]

बिफिनको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं (अस) । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबार आयोजना गरेको छ । सम्मेलन उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । काठमाडौंमा आयोजित एकदिने सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं पेसागत संघ–संस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । सम्मेलनमा नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका विज्ञबाट ज्ञान साटासाट गरिएको थियो । सम्मेलनमा भारतीय रिजर्व बैंकका पूर्वगभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्वगर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको सहभागिता थियो । सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नु रहेको बिफिनले बताएको छ । विद्युतीय क्रान्तिमा प्रवेश गर्न  बृहत् लगानी, नयाँ सीप तथा क्षमता, नयाँ नियमनकारी व्यवस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचोलगायत विषयमा सहभागीले आ–आफ्ना धारणा व्यक्त गरे । सम्मेलनबाट बैंकिङ सेवाको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधि प्रयोग, वित्तीय क्षेत्रमा देखापर्ने अपराध तथा सुरक्षासम्बन्धी जोखिम सामना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक र भिक्टोरिया युनिभर्सिटी अफ मेलबर्न, अस्ट्रेलिया, सह–प्रायोजकमा एनआईसी एशिया बैंक र पारामाउन्ट मोटर्स प्रालि रहेका थिए । यस्तै, अन्य प्रायोजकमा नेपाल बंगलादेश बैंक, एनसीसी, सेन्चुरी कमर्सियल,  महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स, कृषि विकास बैंकलगायत रहेका थिए ।