काठमाडाैं : कोपा डेल रे अन्तर्गत सेमिफाइनलका दोस्रो चरणको खेलअन्तर्गत आज राति बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। सेभिल्लाको मैदानमा अघिल्लो खेल ०–२ ले गुमाएको बार्सिलोनाले आज घरेलु मैदानमा खेल्दैछ। अघिल्लो खेलमा पराजित बार्सिलोना आजको खेलमा चर्को दबाबमा हुनेछ। कप्तान लियोनल मेस्सी, उस्मान डेम्बेले, एन्टोनी ग्रिजमान फन्टलाइनमा रहँदा पनि बार्सिलोना २–० ले स्तब्ध भएको थियो। २५ औं र ८५ औं मिनेटमा गोल खाएको बार्सिलोनाले केही राम्रा मुभ बनाए पनि ग