नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । १३ औं सागमा दीपकले कास्य तथा पुष्पाले रजत जितेका थिए ।दीपकले निर्धारित दूरी तय गर्न १ घण्टा ५ मिनेट ३४ सेकेन्ड समय खर्चे । बाग्लुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोश्रो तथा आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेश्रो भए ।नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा आयोजित