काठमडौं।कलाकार खगेन्द्र लामिछानेले सरकारले बजेटमार्फत लिएको चुरेको ढुंगा,गिट्टी र बालुवा निर्यात गर्ने नीतिको विरोध गरेका छन्।उनले चुरे र मधेसलाई बिनास हुनबाट रोक्नुपर्ने बताएका छन्।“चुरेबाट ढुङ्गा गिट्टी निकालेपछि तराई मधेसलाई झनै राम्रो हुन्छ भन्ने नेताको तर्क पनि पढियो। यस्ता मुर्खहरुलाई भोट दिएर त्यही विनासलीलाको नाइके हामीले बनाएको हो।त्यसैले हामी महामुर्ख हौं। आफ्नो महामुर्खतालाई एकपटक ऐनामा हेरौँ”, उनले ट्वीटरमा लेखेका छन्।