जम्बो मन्त्रिपरिषद् बनाएर मधेश प्रदेश सरकारले संघीयता विरोधी कार्य गरेको भन्दै जनता समाजवादी पार्टी नेपालनिकट युवा तथा विद्यार्थी संगठनले आज जनकपुरधाममा खबरदारी जुलुस निकालेका छन् ।जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले २० सदस्यीय मन्त्रिपरिषद बनाएर संघीयतालाई बदनाम गर्न खोजेको भन्दै उनीहरूले स्थानीय जनक चोक, शिव चोक, भानु चोकसहितमा खबरदारी जुलुस प्रदर्शन...