‘म एक्लो देखिएँ हुँला, तर निरन्तर प्रश्न उठाइराख्ने छु’ : घनश्याम भूसाल (भिडियाे अन्तर्वार्ता)

'तत्काललाई म एक्लै देखिएको हुँला, तर गलत कार्य र प्रवृत्तिविरुद्ध निरन्तर प्रश्न उठाइराख्ने छु । नागरिकलाई आफ्ना प्रश्नहरु उठाइदिने र त्यसको जवाफ खोज्ने प्रतिनिधि चाहिन्छ । मैले पहिलेदेखि नै लड्न चाहेको क्षेत्रमा आएर चुनाव लड्दै छु ।'

सम्बन्धित सामग्री

अन्तर्वार्ता: 'जनताले निर्दलीयता चाहेका छैनन्'

उम्मेदवारी दर्तादेखि नै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ को चुनावी चर्चा उचाइमा छ । कारण हो, एमाले सचिव छविलाल विश्वकर्मा र भर्खरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । २०३७ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरू गरेका विश्वकर्मा  २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए ।