अन्तर्वार्ता: 'जनताले निर्दलीयता चाहेका छैनन्'

उम्मेदवारी दर्तादेखि नै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ को चुनावी चर्चा उचाइमा छ । कारण हो, एमाले सचिव छविलाल विश्वकर्मा र भर्खरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । २०३७ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरू गरेका विश्वकर्मा  २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए ।