नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताको प्रक्रियामा रहेका नेता माधवकुमार नेपाल पक्षका नेताहरूले आफूहरूको पनि टाउको गनेर केही नेताहरू भाग खोज्न बालकोट पुगेको प्रतिक्रिया दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, ‘उहाँहरू (माधव नेपाल निकट भनिएका तर पार्टी विभाजनमा साथ नदिएका) हाम्रो समेत टाउको गनेर भाग खोज्दै हुनुहुन्छ । उहाँहरूले कसरी हामीलाई समेट्न सक्नुहुन्छ ?’
नेपाल एमालेमा रहँदा उनलाई साथ दिएका तर पार्टी विभाजन हुँदा नगएका नेताहरूले सोमवार एमाले अ...