पदमा जोसुकै भए पनि देशमा माओवादी नेतृत्व छ : दाहाल
देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय’ शक्तिका रुपमा स्वीकारिएको उहाँको दाबी छ । माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको भन्दै उहाँले नेकपा एमालेलाई सवैभन्दा ठूलो प्रतिक्रियावादी शक्ति भन्नुभयो ।
माओवादी नेतृत्वको १० वर्षे द्वन्द्वमा गाउँबस्तीका किशोरकिशोरी पढाइ छाडेर ‘देश बनाउने’ अभियानमा जुटेका थिए, संयोगले आज देशमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार छ । तर, हिजो देश बनाउन हिँडेका कतिपय युवा आज विदेशी भूमिको रक्षार्थ रुसी सेनामा भर्ती भएका छन् ।