चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ ।
संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ ।
संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लोकान्तरलाई जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले लोकान्तरसँग भने । मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट ब...