नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित ७ प्रतिवादीलाई सर्वोच्च अदालतले थुनामै पठाउने आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सदर गरेको हो।