काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले संघीय संसद्का दुवै सदन आफूहरूले अवरोध नगरेको स्पष्ट पारेका छन्। आइतबार विशेष पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देश र जनताको पक्षमा आफूहरूले आवाज उठाएको बताउँदै सदनको अवरोध सत्तापक्षबाट भइरहेको आरोप लगाएका हुन्। ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्वाध रूपमा काम गर्न पाउनुपर्छ। संस