२० वर्षे युवाको पहलमा लाखौँको स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग
जिल्लाको पश्मिम खत्याड गाउँपालिका—३ का एक युवाको पहलमा यहाँको प्राथमिक स्वास्थ्य केन्द्रलाई लाखौको कोभिड- १९ लक्षित स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कोरोना भाइरस महामारीलाइ लक्षित गरि दुर्गममा रहेको यस प्राथमिक...
सिमकोट – चीनको पुराङ काउण्टीको ताक्लाकोटस्थित स्थानीय प्रशासनले हुम्लालाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ। सीमा जोडिएको क्षेत्रका लागि सहयोग गर्ने कार्यक्रमअन्र्तगत चीनले खाद्यान्न भने सीमावर्ती नाम्खा गाउँपालिकालाई सहयोग गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खाद्यान्नमा मैदा र चामल सहयोग प्राप्त भएको बताए। कोरोनाले दुई देशको सीमानाका हिल्सा बन्द रहेका बेला चीनबाट खाद्यान्न […]
हुम्लाका जनतालाई चीनले खाद्यान्न सहयोग गरेको छ । चिनियाँ राजदूतावासका अनुसार चिनियाँ परराष्ट्र मन्त्रालय र तिब्बतका स्थानीय अधिकारीहरूबाट हुम्ला सीमाना क्षेत्रका जनतालाई स्वास्थ्य सामग्री,खाद्यान्न र दैनिक आवश्यक पर्ने वस्तुहरु अनुदान सहयोग गरेको हो ।
तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रूइत फाउन्डेसनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
खाल्सा एड युके इन्टरनेसनलले देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, खाद्यान्न सामग्रीलगायतका स्वास्थ्य सामग्रीहरू देशका विभिन्न ठाउँमा हस्तान्तरण गरिएको हो ।
यस्तै बुधबार गुरुद्वारा, गुरु नायक सत्संग समिति तथा खाल्सा एड युके इन्टरनेसनलका पदाधिकारीहरूले भक्तपुर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उक्त अस्पतालमा कोरोना उपचारका लागि आवश्यक पर्ने पाँच थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटरलगायतका स्वास्थ्य सामग्री भक्तपुर अस्पतालका निर्देशक डा. सुमित्रा गौतमलाई हस्तान्तरण गर्नुभयो । सत्संग समितिका दिपु सिंह, बिक्की सिंह, कमलजित सिंह र खाल्सा एड युके इन्टरनेसनलका नेपाल संयोजक रिम्पल सिंहले उक्त मेसिन र अक्सिमिटर सहयोग गर्नुभएको हो ।
असार ३, धनकुटा । धजकुटा नगरपालिका–३ का ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाहरुको समूहले खाद्यान्न सहयोग गरेको हो ।
वडाध्यक्ष घिमिरेको नेतृत्वमा सुरेश याक्सो हङकङ, कुमार श्रेष्ठ झापा, चित्र घिमिरे अष्ट्रेलया, रामचन्द्र घिमिरे अष्टे«लिया, त्रिलोचन खतिवडा अमेरिकाबाट संकलित रकमले ५० घरपरिवारलाई चामल, दाल, तेल र नुनलगायतका सामग्री सहयोग गरेका हुन् । वडा नं. ३ का अतिविपन्न परिवारलाई सहयोग गरिएको वडाध्यक्ष घिमिरेले बताए ।
दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्दै आएकालाई निषेधाज्ञाको कारणले काममा जान नपाएपछि खानेकुराको समस्या भएको बेला पाएको सहयोगले निकै राहत महशुस भएको स्थानीय कमला राईले बताइन् ।
कोभिडको कारण दैनिक काममा जान नपाएर खानको समस्या भएकालाई राहत वितरण गरिएको र अन्य त्यस्ता परिवारको खोजी गरेर राहत वितरण गरिने वडाध्यक्ष घिमिरेले बताए ।
कोरोना संक्रमणको अवस्था दैनिक बढी रहेकाले प्रवासमा रहेर पनि केही सहयोग गरौं भनेर हालसम्म संकलित रकमले खाद्यान्न खरीद गरी वितरण गरिएको अमेरिकामा रहेका त्रिलोचन खतिवडाले बताए ।
उनले आफूले विश्रान्ति वृद्धाश्रमलाई व्यक्तिगत २५ हजार सहयोग गर्ने योजनामा रहेको र धनकुटामा रहेका अग्रपंतिमा रहेर कोरोना नियन्त्रणमा खटिएका मानिसलाई केही दिनमै स्वास्थ्य सामग्री वितरण गर्ने तयारीमा रहेको जानकारी दिए । खतिवडाले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुनः सहयोग गरिने जानकारी दिए ।
काठमाडौं। लमजुङको दोर्दी– ८ हिलेबजारमा बाढीले बगाएका १७ घरलाई गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्बल,खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट कर्कटपाता वितरण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए। उक्त सामग्री प्रदेशमन्त्री मधुमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेललगायतले वितरण गरेका छन्। दोर्दी खोलामा आएको बाढीले ती घर बगाएका थिए।
कठमाण्डौं, ३० जेठ। माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल नून लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण […]
काभ्रे । काभ्रेपलान्चोक सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्री तथा खाद्यान्न प्रदान गरिएको छ । काभ्रेको चौरी देउराली गाउँपालिका डिसीडब्लूसी सामुदायिक अस्पताललाई हातेमालो अभियान कार्यक्रमले विभिन्न स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग स्वरूप प्रदान गरेको हो ।
धनकुटा : सहिदभूमि गाउँपालिका–७ का ५५ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ। प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाहरुको संस्था ‘साप्तिङटार प्रवास ग्रुप’ले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी, अर्जुन विसी, वीरबहादुर मगरले १५ सय किलो चामल, १०० किलो दाल, ६० किलो तेल र ६० किलो सहयोग गरेका हुन्। यस्तै, सर्जिकल मास्क २ हजार ५०० थान, कोरियन मास्क १ हजार ५०० थान, सेनिटाइजर १०० लिटर, थर्मलगन ८ थान, पिपिइ, फेससिल्ड ...
कञ्चनपुर : कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)ले कैलाली र कञ्चनपुरका १२ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको छ।
एनएनएसडब्लुएका निर्देशक अशोकविक्रम जैरुका अनुसार कैलालीका तीन, कञ्चनपुरका नौ वटा स्थानीय तह र महाकाली अस्पताललाई पिपिइसेट, आरआर थर्मोमिटर, सेन...