वर्षाले झापामा ३६१ घरपरिवार विस्थापित

झापा । बेमौसमी वर्षाका कारण झापाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको छ ।      कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुबान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । अझै पनि आफ्नो सम्पत्तिको सुरक्षा नहुने भन्दै गौरीगञ्ज–१ होक्लाबाडीस्थित डुबान क्षेत्रका कतिपयले सुरक्षित स्थानमा जान नमानेपछि डुबान क्षेत्रमा बिहानैदेखि प्रजिअ तिम्सिनासहित, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी २ नम्बर गणका प्रहरी निरीक्षक रमेशकुमार पाण्डे, चारआली श्रीनाथ गणका गणपति अमरजंग थापालगायतको टोली पुगेको छ । टोलीले उनीहरूलाई सम्झाइबुझाइ गरेर सुरक्षित स्थानमा सार्ने र विस्थापित परिवारलाई चिउरा, दालमोठ, मुरै, बिस्कुटलगायत खानेकुरा स्थानीय तहको समन्वयमा वितरण गर्ने काम गरिरहेको छ । ‘सुरक्षित स्थानमा सारिएका सबैलाई खाना पकाएर खुवाउने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भने, ‘पालिका आफैले ड्राइफूडको व्यवस्था गरेर खाने व्यवस्था मिलाएको छ ।’ डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको उनले बताए । डुबान क्षेत्रका सबै परिवारलाई सुरक्षित स्थानमा सार्नुको तत्काल विकल्प नरहेको बताए । रासस

सम्बन्धित सामग्री

पहिरोले सुवा गाउँका १० परिवार विस्थापित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले […]

मादीमा पहिरोका कारण दुई परिवार विस्थापित, चार घर जोखिममा

कास्की : कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिरोले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्। मादीको वडा नम्बर ६ का पाँच र वडा नम्बर २ मा एक परिवार पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी-६ को काहुँखोला-दूधपोखरी सडकको दोस्रो…

पहिरोले सात परिवार विस्थापित

बाजुरा– लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका-५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका छन्। प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैगरी विस्थापित […]

६ दिनदेखिको वर्षाले चार हजार नागरिक विस्थापित

अविरल वर्षाका कारण बाँकेमा करिब चार हजार सर्वसाधारण विस्थापित भएका छन्। पाँच दिनसम्म लगातार परेको वर्षाले बाँकेमा बाढी तथा डुबान समस्या निम्तिएको छ।...

अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार विस्थापित

झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

कर्णालीमा चार सय विस्थापित

अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । सयौं घर भत्किएका छन् भने हजारौं घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले घर भत्किएपछि कर्णालीमा पनि ४ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जुम्लाका १६ घरका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन् भने कालिकोटमा २७ घरका १ सय ३७ जना र […]

कर्णालीमा दुई सय ६७ जना विस्थापित

लगातारको वर्षाले बस्ती जोखिममा परेपछि कर्णालीका दुई सय ६७ जना सर्वसाधारण विस्थापित भएका छन् । जुम्लाका एक सय १७ र दैलेखका एक सय ५० जना विस्थापित भएका हुन् ।...

भारी वर्षाले म्याग्दीमा वितण्डा मच्चायो, ६० घर विस्थापित

अविरल वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा करिब ६० भन्दा बढी घरधुरी विस्थापित भएका छन् । तीन दिन देखि भइरहेको भारी वर्षाले जिल्लाभर वितण्डा मच्चाएको छ ।...

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।  उनका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति प...