बैंक खातामा तलब जम्मा भएको जनाउ दिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधवार घण्टी बज्यो । तलब १ वर्षअघिको अर्थात् २०७७ पुसको थियो ।
सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले बज्छ अत्तोपत्तो छैन ।
आर्थिक समस्याग्रस्त साझा प्रकाशनका अधिकांश कर्मचारी नियमित पारिश्रमिक नपाएपछि ऋण गरेरै गर्जाे टार्ने गरेको सुनाउँछन् । गत साउन २७ गते हाजिर भएका साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले पनि बितेका ४ महिनाको पारिश्रमिक बुझेका छैनन् ।
‘कर्मचारीलाई बल्लतल्ल गत पुसको तलब खुवाउन सकियो,’ उनले भने, &...