दोलखा । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० केजीको घण्टी राखिएको छ । दोलखा र रामेछापको सिमाना शैलुङ गाउँपालिकाको वडा नं ८ मा पर्ने शैलुङमा गाउँपालिकाको रु पाँच लाख ५० हजारमा घण्टी राखिएको गाउँपालिकाले जनाएको छ । प्राकृतिकरूपमा सुन्दर रहेको १०० साना–साना पहाडको थुम्का मिलेर बनेको शैलुङडाँडाको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले निर्माण गरिरहेको विभिन्न पूर्वधारअन्तर्गत जिल्लाकै सबैभन्दा ठूलो घण्टी राखिएको