काठमाडौं : विश्व डिजिटलको जमाना छ। जसले गर्दा मानिसहरू कार्यालयमा होस् वा घरमा हिजोआज धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कार्यालयमा मात्रै होइन घरमै बस्दा पनि बालबालिकादेखि युवासम्म लामो समय मोबाइल, आइप्याडमा बिताउने गर्छन्।कम्प्युटर र ल्यापटप नचलाउनेहरू पनि टिभी हेर्ने गर्छन्। यी प्रविधियुक्त सामानहरूले हाम्रो दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ तर यसले मानव स्वास्थ्यमा पनि उत्तिकै हानी पुर्याइरहेको छ। त्यसैले प्रविधिको प्रयोग गर्दा