नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले यही साउन र भदौ महिनामा नारी म्यागेजिनको प्रस्तुतिमा ‘एनआईसी एसिया १८ औं तीज फेस्टिभल–सिर्जनशील उद्यमी मेला–२०७६ इन एसोसिएसन विथ सेफ्टी’ भोलि १६ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ भने इटहरीमा साउन ३० देखि ३२ गतेसम्म र हेटौडामा भदौ ५ गतेदेखि ७ गतेसम्म हुनेछ ।
यो तीज मेलालाई नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा पनि लिइन्छ ।