धनगढी । महाकाली नदीमा फसेका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढीपहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर गएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ।