फरवार्ड माइक्रोफाइनान्सद्वारा ७% नगद लाभांश वितरण गर्न शुरु

माघ ९, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश आज (आइतवार) देखि वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामै कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्ने बताएको हो ।  यसर्थ हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका सदस्यहरुलाई यथाशिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो । गत वर्ष पनि कम्पनीले ६० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । हालसम्मकै लाभांश वितरणको अवस्थालाई हेर्दा कम्पनीले नगद लाभांश मात्र वितरण गरेको अवस्था छ ।

शिवम् सिमेन्ट्सको नगद लाभांश वितरण शुरू

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न शुरू गरिएको कम्पनीको भनाइ छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो ।  नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । साथै आफ्नो शेयर धितो राखेका शेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश दिने

कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यसबाहेक, बैंकले

कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

कुमारी बैंकले आफ्ना शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा हालै बसेको २२औँ वार्षिक साधारणसभाले कर प्रयोजनसहित उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज क्यापिटलको निर्णय

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र

सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८-९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश […]

कुमारी बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

बैंकको २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।