कृषि सामग्री संस्थानले वितरण गरेको मल आइतबार वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लियो । किसानले धान गोड्ने बेलामा आवश्यक मल नपाएको गुनासो वीरगन्जका नगर प्रमुख राजेशमान सिंहलाई गरेपछि उनकै नेतृत्वमा ६ ट्रक मल नियन्त्रणमा लिइएको हो । महानगरपालिकाबाट वीरगन्ज इनर्वास्थित कृषि सामग्री संस्थानको गोदाममा पुगेका नगर प्रमुख सिंहसहितको टोलीले पहिला वीरगन्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट […]