ग्रामीण भेगमा सर्पदंशका बिरामीलाई उपचार पाउनै मुस्किल

भोजपुर- भोजपुरमा सर्प दंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ । विशेष गरेर  ग्रामीण भेगका मानिस उपचारबाट वञ्चित हुने गरेका छन्। सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्ग भङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ। यहाँ स्वास्थ्य चौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था […]

सम्बन्धित सामग्री

शिक्षक पाउनै मुस्किल

पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् ।

ग्रामीण भेगका मानिसलाई सर्पदंशको उपचार पाउनै मुस्किल

सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ। यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ। ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ। स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता हु...

निषेधाज्ञाका कारण प्रदेश गौरवको योजनाको निर्माण कार्य ठप्प

जेठ २६, बैतडी । सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महँगो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो । जिल्लाको सतबाँझबाट साढे छ किलोमिटर कालोपत्रका लागि काम भइरहेको सो सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए ।  यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे आठ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उनले बताए । उनले भने, ‘कोरोनाका कारण कामदार पाउनै मुस्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन् ।’ चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्नका लागि ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गरेका थिए  ।  गत वर्ष  पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरु भएको थियो । सतबाँझबाट साढे छ किलोमिटर स्तरोन्नति गर्नका लागि रू. १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिका लागि रू. १७ करोडमा सम्झौता भएको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए ।  ‘यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ’, उनले भने, ‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’  तत्कालीन जिल्ला विकास समितिले विसं २०५५ मा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । उनले भने, ‘विकास निर्माणका योजनाका लागि आवश्यक निर्माण सामग्री पाउन कठिनाइ छ, मजदूर पनि पाउन मुस्किल भएको छ ।’ जिल्लामा  चालू आर्थिक वर्षमा ५५ ओटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको जानकारी दिइएको छ ।  जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौँ–गिरेगडा, गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले जानकारी दिएको छ । रासस

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

रुपन्देहीको ग्रामीण क्षेत्रका संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। सामुदायिक विद्यालयले पढाइलाई नतिजामुखी बनाउन थालेपछि संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै गएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका–३ मा रहेको हरैया माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न थालेको छ। लुम्बिनी नजिकै पर्सा लौन्डियाका निष्मा यादव कक्षा ८ सम्म बोर्डिङ पढेर यो शैक्षिक सत्रदेखि कक्षा ९ मा हरैया माध्यमिक विद्यालयमा भर्ना हुनुभएको छ।

दशैं मनाएर फर्किनेलाई सवारीसाधन पाउनै मुस्किल

पर्वत : यात्रुको अत्यधिक चाप कारण दशैं मनाएर कर्मथलोमा फर्किनेहरुलाई सवारीसाधन पाउन नै मुस्किल भएको छ। मान्यजनबाट टीका ग्रहण गरेर फर्किनेहरुको संख्या बढी भएकाले सवारी साधनमा सिट पाउन कठिन भएको हो। ग्रामीण क्षेत्रदेखि म्याग्दीको बेनी, बाग्लुङको बागलुङ बजार र पर्वतको कुश्मामा झरेका यात्रुहरु पोखरा, काठमाडौं, भैरहवा, नारायणघ...

ग्रामीण वस्तीका मुस्लिम महिलालाई नागरिकता पाउनै मुस्किल

बाँकेः विवाह भएको २० वर्षपछि मात्र खजुरा गाउँपालिका– ८, रनियापुरकी समसुल पठानिनले नेपाली नागरिकताको प्रमाणपत्र पाइन्।  उनका पतिले नागरिकता बनाउन चासो नदिएका कारण उनले विवाह भएको २० वर्षपछि मात्र नेपाली नागरिक भएको प्रमाणपत्र पाइन्। उनले नागरिकता लिने बेला छोरा १६ वर्षका थिए। नागरिकता लिएको छ महिनापछि छो...