मध्यप्रदेशमा एक हैरान गर्नेवाला समाचार सार्वजनिक भएको छ । यहाँका एक युवकले गत मंगलबार राति आफ्ना ४५ वर्षीय छिमेकीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
यसपछि प्रहरीले हत्या आरोपी सज्जु कोलको खोजी शुरु गरेको थियो । यो घटना रामनगर थाना क्षेत्रको बम्हनाडी गाउँको हो ।
बुधबार बिहान गाउँबाहिरको बाँध नजिकबाट आरोपी सज्जु कोललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको सोधपुछका क्रममा कोलले आफ्नी पत्नी र मृतक महेशबीच अवैध सम्बन्ध रहेको बताएका छन् ।
यसको जानकारी पाएसँगै आफू पागलजस्तै भएको र रिसको झोँकमा छिमेकीको हत्या गरे...