नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको बताएका हुन् । ‘अहिले गठबन्धन बनेको छ त्यो लोकतन्त्रका लागि अस्वस्थकर छ । गठबन्धनमा संघीयता विरोधी दल पनि छन् । त्यस्तोमा जनताको